Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १८:५८ गते

पशुपति क्षेत्र बिकास कोषका कर्मचारीलाई सुनको जुत्ताचप्पल चाहिने भयो।

हिन्दु अनलाईन टिभी
६ महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौं/पौष२४ गते-पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणी शर्माले पशुपतिनाथ मन्दिर क्षेत्रमा सवैलाई जुत्ता निषेध गदै आफुले पनि मन्दिर कोर क्षेत्र बाहिर वाटै खाली खुटा मन्दिर परिसरमा पसेर सवैलाई नियम बराबर देखाउने प्रयासको सुरुवात गरेपनि उनको कार्यलाई कोषका कर्मचारीवाट असहयोग हुन थालेको दृश्य देखिन थालेको छ।                                                                                               केहि दिन अगाडी पुरातत्व विभागका प्रमुख श्री पशुपतिनाथ मन्दिरमा आउॅंदा सदस्य सचिव शर्मा सहितका कर्मचारीहरु खाली खुटा नै बसेर स्वागत गरेको फोटो कोषको सोसल मीडिया देख्न सकिन्छ तर त्यहि पोष्टमा संस्कृति महाशाखाका निमित्त प्रमुख तथा विशेट नाइके अरुण बिसेटले जुत्ता लगाईरहेको हेर्न पाईन्छ।                                      नेपाल प्रहरीको पर्यटक प्रहरीका प्रहरी उपरीक्षक एस.पी.सहितको तालिम टोलीलाई पशुपतिनाथ मुलढोका अगाडी रामनामी रुद्राक्ष सहित स्वागत गर्दा कोषका कर्मचारीका साथमा प्रहरीहरुले जुत्ता लगाईरहेको फोटो देख्दा सदस्य सचिव शर्माले सुरु गरेको समानता अभियानलाई किन कस्को स्वार्थका लागि असफल बनाईदै छ यो रहस्यको विषय बनेको छ।                                                                             सदस्य सचिव शर्मालाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी अधिकार प्राप्त भएपनि उनलाई असक्षम देखाउन उद्धत संस्कृति महाशाखाका निमित्त प्रमुख तथा विशेट नाइकेदेखि अन्य कर्मचारीहरु उपर कारवाही गर्न सक्छन वा बिगतमा जस्तै कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन गर्न नसक्ने हुतिहारा प्रवृत्तिको निरन्तरता मात्र दिने हुन त्यो भने हेर्न बाकीं छ सर्वसाधारण आमभक्तजनहरुलाई परिसर बाहिर जुत्ता चप्पल खोलेर जानुपर्ने कर्मचारीदेखि पहुंच हुनेसम्मलाई निर्वाध रुपमा पश्चिम ढोकाको सानो ढोकावाट भित्र प्रहरी कमाण्ड पोष्ट अगाडी सम्म जुत्ताचप्पल लगाएर जान पाईने सुविधा रहेको थियो।                                                                                    नयाॅं सदस्य सचिव शर्माले भगवानको मन्दिरमा बिभेद नहुने गरी सवैलाई समान हुनेगरी ल्याईएको कार्यक्रमलाई ती पात्र र प्रवृत्तिका व्यक्तिहरुवाट असहयोगको सुरुवात पक्कैपनि सहि मान्न नसकिने सुत्रको दावी रहेको छ के कर्मचारीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्दा वा डियुटी गर्न जलहरी राख्दा बचेको सुनवाट बिशेष जुत्ताचप्पल व्यवस्था पो गरिदिनु पर्ने होकी ? एउटै व्यक्तिलाई प्रचलित कानुन विपरित कार्यालय प्रमुखदेखि तालाचाबीको मालिक बनाईनु टिके आदेशमा भाई भारदार भएकै कारणले कोषमा नियुक्ती भएकावाट अटेरी सुरुवात हुन सुरु भएको स्पष्ट देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.