Hindu Online Tv

२०८३ भाद्र २८ आईतवार २०:३३ गते

नक्कली विवरण भरेर नागरिकता सिफारिश दिनेलिने र बिचौलियालाई अदालतवाट जेल सजाय

हिन्दु अनलाईन टिभी
८ महिना अगाडि
२ मिनेट पढ्ने समय

हेटौडा/पौष ८ गते-झुठो विवरण भरेर किर्ते नागरिकता विवरण पेश गरी जिल्ला प्रसासन कार्यालय मकवानपुर हेटौडावाट नेपाली नागरिकता बनाउन सिफारिश गर्ने वडाअध्यक्ष सहित ७ जनालाई दुई बर्षदेखि आठ बर्ष सम्मको कैद सजाय मकवानपुर जिल्ला अदालतले सुनाएको छ।                                      मकवानपुर जिल्ला अदालतका सुचना अधिकारी केशवप्रसाद कौशिकका अनुसार सोमवहादुर न्यासुर,सानुमाया थिङ्ग,जमानसिंह भ्योङ्गलाई जनही २ बर्ष कैद र २०हजार रूपैया जरिवाना तोकिएको छ भने त्यसैगरी अदालतले बकैया गाउॅंपालिका वडा नं ४ का वडाअध्यक्ष सोमवहादुर न्यासुरलाई आठ बर्ष कैद र एकलाख तीस हजार जरिवाना फैसला गरेको छ।                                                                      फैसलामा पञ्जीकरण तर्फ तीन बर्ष कैद र तीस हजार जरिवाना एवं नागरिकता तर्फ पाॅंच बर्ष कैद तोकिएको बताईन्छ,पूर्णवहादुर भ्लोङ्गले आफ्नो आमा उमादेवी गुरुङ्ग उल्लेख गरी २०८० मङ्गसिर १८गते वडा कार्यालयवाट जन्मदर्ता पञ्जीकरण दर्ता गरी नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्दै अदालतले २०८० मङ्गसिर १८ गते नागरिकताको सिफारिस गर्न सर्जमिन मुचुक्का गर्ने रामवहादुर न्यासुर र बिचौलिया कृष्ण लामा र अमृत भ्लोङ्गलाई तीन बर्ष कैद र तीस हजार जरिवाना सुनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.