Hindu Online Tv

२०८३ भाद्र ६ शनिबार १२:४० गते
हिन्दु अनलाईन टिभी
२ हप्ता अगाडि
४ मिनेट पढ्ने समय

काठमाण्डौ/साउन २२ गते-(सरस्वती काफ्ले) पशुपति क्षेत्रको सुर्मार्गी भवनको अगाडी उत्तर भागमा गत महिना ६४ ज्योतिलिङ जगाउने भन्दै काठमाण्डौं मित्रपार्कमा आसन सञ्चालन गरिबस्ने पाथिभरामाता नेपाल बताउने पुस्पा तामाङले आयोजना गर्नुभएको अनुष्ठानमा श्रीमद्भागवत भन्छु भन्दै पुगेका पण्डितले लाखौलाख मागेको सो नमान्दा एकैदिनमा कथा पुराण नभनी छोडेको खुलासा भएको छ।                                                                        अनुष्ठान सञ्चालन गर्नुभएकी तामाङले गतसाता सुनसरी सहित पूर्वी मधेसमा हिन्दु मुस्लिम भिडन्तलाई लिएर  ॐकार महाअभियानले माईतीघरमण्डलामा आयोजित सचेतना सभामा बोल्दै आफ्नो कार्यक्रममा जवरजस्ती एकदिन कथा भनेर भोलिपल्ट ४ लाख दैनिक चाहिन्छ भनेको र उक्त रकम आफुले दिन नसक्ने आफ्नो कार्यक्रम विशुद्ध अनुष्ठानमय हो बरु नाफा नोक्सान जेभएपनि तपाईकै हुनेगरी गर्नुस भन्दा कथा छोडेर हिडेको बताईन।                                                               उनका अनुसार कपिलमुनी भटृ नाम गरेका गरेकाकथावाचक र उनका टोलीले ले आफ्नो अनुष्ठान ध्वस्त बनाउन  प्रयास गरेपनि आफ्नो साधनाका कारण अनुष्ठान सकिएको दुखेसो गदै पाथिभरा माताले दैनिक ४लाख माग्ने पण्डितको धर्म देखाएर लुट्ने गुप्ररहेको फेसवुक लाईभवाट दावी गरेकी छिन ।                             कथा वाचनका क्रममा रकम मागिएको विषयमा छानबिन गर्न विश्व हिन्दुयुवा संघ अन्तर्राष्ट्रीय समितिले धार्मिक कथा वाचनका क्रममा रकम मागिएको भनिएको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न राष्ट्रिय कथाव्यास समाज नेपालसमक्ष माग गरेको छ।
संघका केन्द्रीय अध्यक्ष सागर थापाले राष्ट्रिय कथाव्यास समाज नेपालको केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा काठमाडौँको माइतीघर मण्डलामा विभिन्न धार्मिक गुरु तथा धार्मिक संघसंस्थाको उपस्थितिमा आयोजित ‘ओंकार महाअभियान’अन्तर्गतको चेतना सभामा उठेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।
पत्रमा चेतना सभामा कथावाचक पुष्पा तामाङले पशुपति क्षेत्रस्थित सुमार्गी भवन अगाडि आयोजित धार्मिक कार्यक्रममा आफूले कपिलमुनि भट्ट नाम गरेका कथावाचकबाट एक दिन कथा प्रवचन गराएपछि दैनिक चार लाख रुपियाँ माग गरिएको र रकम दिन नसकेपछि कथा–पुराण बीचमै छाडेर हिँडेको बताउनुभएको उल्लेख छ।
संघले उक्त भनाइको सत्यताबारे छानबिन गर्न माग गरेको छ। सनातन हिन्दु धर्मशास्त्रअनुसार व्यासासनमा बसेर प्रारम्भ गरिएको कथा–पुराण बीचमै छाड्न मिल्ने वा नमिल्ने विषयमा समेत शास्त्रीय आधारसहित स्पष्ट पार्न संघले राष्ट्रिय कथाव्यास समाजसँग आग्रह गरेको छ।
त्यसैगरी कथा वाचनका क्रममा रकम माग गरिएको विषय सत्य भए त्यसको आधार तथा कारण स्पष्ट गर्न र भौतिक सामग्री, दान–दक्षिणालगायतका कारणले कथा–पुराण बीचमै छाड्न मिल्ने वा नमिल्ने विषयमा शास्त्रीय नियम सार्वजनिक गर्न संघले माग गरेको छ।
संघले ब्राह्मण तथा पण्डितले शास्त्रअनुसार प्रारम्भ गरेको कथा बीचमै छाड्न हुने वा नहुने विषयमा समेत राष्ट्रिय कथाव्यास समाजबाट स्पष्ट धारणा आउनुपर्ने जनाएको छ। दोषी देखिए सम्बन्धित संस्थाको नीति तथा नियमअनुसार आवश्यक कारबाही गर्नसमेत संघले अनुरोध गरेको छ।
संघले आफ्नो पत्रमा कथावाचक पुष्पा तामाङले उक्त विषयमा बोलेको भिडियो तथा कथा–पुराणसम्बन्धी ‘दिव्य दर्शन’ टेलिभिजनको भिडियो प्रमाणका रूपमा रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.