प्रतिवेदनलाई अन्तिम रूप दिँदै सहकारी संसदीय छानबिन समिति
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
‘शुक्रबार अपरान्ह ४ बजे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछौं,’ सभापति थापाले भने, ‘आजै छलफल टुंग्याएर प्रतिवदनलाई अन्तिम रूप दिने कार्य हुन्छ ।’
गृहमन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया