श्रेङ्गरी पिठ सारदा मठका शंकराचार्य नेपाल आगमन सुरक्षाका कारणले स्थगित
काठमाण्डौं/कार्तिक १४ गते- श्रेङ्गरी पिठ सारदा मठको नेपाल कार्यालय, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिको पहल एवं ॐ सनातन बोन झांक्री संघको समन्वय निमन्त्रणामा सनातन हिन्दुधर्ममा महत्वपूर्ण गरिमामय पदमा पदासिन चार शंकराचार्य महाराजश्रीहरु मध्यको भारत बैङ्गलोर स्थित श्रेङ्गरी पिठ सारदा मठका शंकराचार्य स्वामी महाराजको आउॅंदो नोभेम्बर ४ देखि ८ सम्म पशुपतिनाथ, देवघाटधाम लगाएतका विभिन्न स्थानमा दर्शन भेटघाट र धार्मिक गुरुहरु संग शास्त्रिय छलफल गर्ने कार्यक्रम रहेको थियो। शंकराचार्य महाराजश्रीले स्याङ्जा जिल्लाको उत्तर बाहिनी कालीगण्डकीको तटमा जारी दामोदर धर्मोत्सव समेत जाने तयारी रहेपनि नेपाल सरकारले विद्यमान देशको सुरक्षा स्थिति देखाएर अन्य उपयुक्त समयमा नेपाल आगमनको कार्यक्रम बनाउन आयोजक समिति मार्फत शंकराचार्य महाराजश्रीलाई आग्रह गरिएपछि हालका लागि उहाॅंको नेपाल आगमन हुने कार्यक्रम स्थगित गरेको श्रेङ्गरी पिठ सारदा मठको नेपाल शाखा प्रमुख भेषवहादुर थापाले दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया