Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १७:२५ गते

कांग्रेसवाट काठमाण्डौं महानगरपालिका निर्वाचित वडा नं.७ वडा अध्यक्ष विरुद्ध अख्तियार र सर्तकता केन्द्रमा उजुरी दर्ता

हिन्दु अनलाईन टिभी
४ हप्ता अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौ/असार १७ गते -नेपाली कांग्रेसवाट निर्वाचित काठमाण्डौं महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष बिमल होडाले लुटन सके लुट कान्छा काठमाण्डौं महानगरपालिकामा नै हो छुट भन्दै कॅंहि नभएको जात्रा हाडिगाॅंउमा भनेजस्तै महानगरवासीले आफ्नो गाॅंस कटाएर बुझाएको करलाई मनलागी आफ्नो स्वार्थमा खर्च गरेर आर्थिक अनियमितता गरेको आशंकामा वडावासीले लिखित उजुरी दर्ता गरेका छन।                                                                                    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा द.नं(सी-०७७४६७) र प्रधानमन्त्री बालेन्द्र शाह मातहतको राष्ट्रिय सर्तकता केन्द्र सिंहदवारमा हुलाक सेवा विभाग मार्फत द.नं.(२३६४९४७९) वाट वडा अध्यक्ष होडाका विरुद्ध काठमाण्डौं महानगरपालिका वडा नं.७ ले विपत व्यवस्थापन सम्वन्धि तालिम कार्यक्रम जनप्रतिनिधि एवं वडा स्तरिय विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको कार्यक्रम यहि २०८३/३/१४ गते जिल्ला बाहिर भक्तपुरको तारे होटल “Ghyampe Danda Hotel” आयोजना गरिएको थियो।                                                                   समाचार सुत्रका अनुसार विपत व्यवस्थापन सम्वन्धि तालिम कार्यक्रम भन्दै वडाका सदस्यहरुले आफ्ना परिवार समेत होटल पुराएर महानगरवासीले तिरेको करमाथि राम्रै मस्तिराम गरेका थिए प्रधानमन्त्री बालेन्द्र शाहले सरकार निमार्णपछि जारी गरेको आर्थिक पारदर्शिता एंव अनियमिततालाई नियन्त्रण गर्नका लागि कुनैपनि तहका सरकार मातहतका कार्यालय संघसंस्था वा प्रतिष्ठानले कुनेपनि सेमिनार,गोष्ठी,भेला,तालिम जस्ता कार्यक्रमहरु गर्दा कार्यालय बाहिर नगरी आर्थिक मितव्ययिता अपनाउने राष्ट्रिय नितिलाई मिच्दै मनलागी ढंगवाट जिल्ला बाहिरको होटलमा कार्यक्रम गरेका थिए।                                              एक वडा सदस्यका अनुसार कार्यक्रमका नाममा वडा सदस्यहरुले परिवारले लिएर गएको आफुले पनि जानकारी पाएको बताए जनताको करलाई मनलागी आफ्नालाई रमाईलो गर्न खर्च गरिएको हुदाॅं प्रचलित कानुन अनुसार छानविन गरी पदिय मर्यादा दुरुपयोग गर्ने वडा अध्यक्ष होडाका साथै उक्त कार्यक्रममा परिवार लिएर पुग्ने वडा सदस्यहरुवाट सरकारी सम्पत्ति असुल उपर गरी हदैसम्मको कारवाहीको माग वडावासीहरुले निवेदनमा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.