विश्व हिन्दु महासंघ नेपालका अध्यक्षको छोरा बेपत्ता पछि शव भेटियो।
चितवन/वैशाख १३ गते- विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष तथा पूर्व मन्त्री डा.रामचन्द्र अधिकारीका छोरा सुवास अधिकारी काठमाण्डौं वसुन्धरा स्थित घरवाट वेपत्ता भएको ६ दिनपछि चितवन जिल्लाको रामनगर स्थित जुगेडीमा उनको शव फेला परेको परिवार श्रोत हिन्दु टिभीलाई दिएका छन। मृतक अधिकारी लामो समयदेखि मानसिक रोगवाट पिडित रहेको र उनले दैनिक औषधी सेवन गर्नुपर्ने रहेको तर झण्डै एकसाता औषधी सेवन नगरेको कारणवाट मृत्यु भएको हुन सक्ने विश्व हिन्दु महासंघ नेपालका महासचिव रामचन्द्र तिवारीले उनको सामाजिक साईटमा उल्लेख गरेका छन्। मृतक अधिकारीका दुई छोरा रहेका छन घटना सम्वन्धमा चितवन प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताईन्छ। मृतक अधिकारीका पिता विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष पूर्व मन्त्री रामचन्द्र अधिकारीले परिवार एवं आफन्त,साथिभाईको साथ स्वर्गिय छोराको शव देवघाटमा अन्त्येष्टी गरिएको जानकारी दिदै उनले वैदिक विधि-विधान अनुसार गर्नुपर्ने काज क्रिया देवघाटको गलेश्वर आश्रम नजिक गरिने समेत जानकारी दिएका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया