१००८ भागवत संकल्पको नाममा असुलीधन्दा गदै ठगी
काठमाण्डौ/श्रावण-१४ गते- देशव्यापी धार्मिक अनुष्ठान महाअभियान १००८ भागवत संकल्प ७७ जिल्ला धार्मिक महाअभियान भागवत फाउण्डेशन स्वामी त्रिशक्ती शिद्धबाबा भन्दै विभिन्न स्थानमा कथा पुराण श्रीमद्भागवत लगाउॅंदै ठगी धन्दा चलाईरहेको सुत्रले बताएको छ। १००८ भागवत संकल्पकर्ता श्यामसुन्दर आर्चाय एंव कथावाचक,उपवाचक,भजनकर्ता,कलाकार,सहित पण्डाल,साउण्ड समेत व्यवस्था हुन्छ भन्दै सार्वजनिक विकास निमार्ण गर्न अर्थ संकलन गर्न सकिने आश्वासन सपना देखाएर धर्मका नाममा ठगी धन्दा चलाउॅंदै आएका छन्,सुत्रका सुरुमा केहि दिनुपदैन भन्ने तर कथापुराण सुरु गरेपछि लाखौ रकम असुल्ने गरेको भुक्तभोगी पिडितहरुले बताएकागा छन्। श्यामसुन्दर आर्चाय नामधारी ढोंगीले १००८भागवत संकल्प स्वामी त्रिशक्ती शिद्धबाबाको नामबाट समेत उठती धन्दा चल्दै आएको छ निजको आचार्यको समुहमा आफुलाई चर्चित कथावाचक बताउने व्यक्ति समेतको संलग्नता रहेको बताईन्छ,१००८ भागवत संकल्प गर्ने ढोंगीको व्यक्तिगत हैसियत भने एउटा सामान्य अनुष्ठान लगाउन सक्ने अवस्था देखिदैन सोझासाझा भक्तजनहरुलाई भुलभुलैयामा पारेर धर्म संस्कृति,परम्पराको आडमा ठगी धन्दा चलाईनु आफैमा दुखद पक्ष हो। ढोंगी आचार्य समुहका भटृ थरका कथावाचकले गत महिना पशुपति क्षेत्रको सुर्मार्गी भवन अगाडी लगाईएको महापुराण एकदिन बाचन गरेपछि भोलिपल्ट स्थगित भएको दुखद घटना सवैका अघि छलङ छ,१००८भागवत महापुराण संकल्प महाअभियान नामको ठगी धन्दा बाट जोगिन सुत्रले सवैमा अपिल गरेका छन्। संकल्पकर्ता भन्दै हिड्ने पात्रहरुका बारेमा विशेष खुलासा लिएर आउॅंदैछौ सनातनी हिन्दुहरु माथि बैधमीवाट हिंसा हुदाॅं बोल्न नसक्ने लुटेरा समुहले ब्वासाले चुसेझै चुसिरहेका छन धर्मको डर त्रास देखाउंदै लुट्ने अपराधीहरुलाई कारवाहीको दायरामा ल्याउन विश्व हिन्दु महासंघ,विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति,ओम सनातन संस्कृति समाज नेपाल लगाएतले पहल गर्नै जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया