विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिको शाखा बिस्तार
ललितपु/पौष ७ गते-विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रीय समितिको भातृसंस्था विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिको काठमाण्डौं उपत्यका भित्र टिकाथली निवासी किशोर रसाईलीको अध्यक्षतामा २१ सदस्यिय ललितपुर जिल्ला समिति गठन गरेको छ। आज बिहान ललितपुरको प्रशिद्ध धार्मिक स्थल ब्रजवाराही मन्दिर परिसरमा केन्द्रीय सचिव टिका रसाइलीको उपस्थितिमा भएको भेलाले नवगठित जिल्ला समितिको उपाध्यक्षमा माता कल्पना डंगोल,रमेश कुमार नेपाल,सचिवमा बिदुर नगरकोटी,सह-सचिव नारायण चौलागाई,कोषाध्यक्ष सम्झना”हारती माता”र सदस्यहरुमा मुकुल नेपाली,अच्चुत तिवारी, कृष्ण कुमार श्रेष्ठ,जयबहादुर बस्नेत,ब्रजवाराही गुरु केशव,हरि सिंह, कृष्ण तामाङ्ग, लक्ष्मी बस्नेत,भरत शाही,अनुसा नेपाली,नारायण रसाईली,तिर्थवहादुर खड्का,माता दक्षिणकाली,झांकी गुरु कान्छा लामा र ममता भण्डारी रहनु भएको छ । नवगठित जिल्ला समितिको आजै बसेको पहिलो बैठकले आउॅंदो शनिवारवाट हरेक शनिवार र पर्वहरुमा मठमन्दिर सरसफाई गर्ने,सेवामुलक शिविर सञ्चालन नियमित गर्ने,धर्म परिवर्तन र रोक्न चेतना जागृत हुने कार्यक्रम गुरु सन्तमहन्तको उपस्थितिमा प्रवचन आयोजना गर्ने निर्णय समेत गरेको अध्यक्ष रसाइलीले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया