Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १७:२५ गते

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त परिषद पदाधिकारीको कारण सम्पदा क्षेत्र संकटमा

हिन्दु अनलाईन टिभी
३ हप्ता अगाडि
४ मिनेट पढ्ने समय

सरस्वती काफ्ले/काठमाण्डौं-असार २४ गते-हिन्दुहरुका आराध्यदेव भगवान श्रीपशुपतीनाथ विराजित विश्व सम्पदा क्षेत्र पशुपति क्षेत्रको B-13 मा पुरातात्विक महत्वको पावनभूमीको घाट क्षेत्रमा मनलागी हरियालीका नाममा डोजर चलाएर आंतक गरिएपछि त्यसको चौतफी विरोध भएको छ।                                                                                       सो स्थानमा बस्दै आएका स्थानिय बासिन्दाहरुलाई सुकुम्वासीका नाममा घर टहरा भत्काएर जग्गा कव्जा गदै बलजफ्ती विस्थापन गरिएपछि पशुपति क्षेत्र विकास कोषमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलवाट हालै पशुपति क्षेत्र विकास कोषको ऐन नियम,संस्कृति मन्त्रालयले बनाएको निति विपरित टिके प्रथावाट नियुक्ती लिएर पशुपति क्षेत्र पुगेका रास्वपा कार्यकर्तालाई पहिलो गाॅंसमा मै ढुङ्गा लागेको छ मन्त्री पौडेल अध्यक्ष समेत रहनु भएको कोषले विश्व सम्पदा सूचिकृत पावनभूमी पशुपतिमा घाट माथि डोजर चलाईनु किभार्थ सहि होईन भन्दै विभिन्न क्षेत्रवाट विरोध सुरु भएको छ।                                                                                                   आज पशुपति क्षेत्र विकास कोषलै बागमती नदी पूर्व भागको घाट समेत डोजर चलाईएको थियो त्यस बारेमा काठमाण्डौं महानगरपालिका वडा नं.८ का वडा अध्यक्ष तथा कामपा सम्पदा तथा  समितिका संयोजक समेत रहनुभएका आशामान संगतले उक्त क्षेत्रमा डोजर लगाएर सम्पदा मास्न खोजिएको भन्दै आपत्ति जनाउनु भयो त्यस्तै यस विषयमा पशुपति क्षेत्र विकास कोषका नवनियुक्त परिषद सदस्य रामशोभित नायक संग प्रश्न गर्दा उनले यस बारेमा खास छलफल नभएको जानकारी दिएका छन।                                                                                  चौतफी विरोध भएपछि आजै संस्कृति मन्त्रालय मातहतकै पुरातत्व विभागको बिश्व सम्पदा संरक्षण शाखाको प.स.२/२०८२/०८३ च.नं.२३७९ को पत्रवाट विश्व सम्पदा सूचिकृत पशुपति संरक्षित स्मारक क्षेत्र भित्र पशुपति गुरुयोजनाले हरियाली वन क्षेत्र रहने भनिएको गुरुयोजनाको P1साविक गुरुयोजना बमोजिम B13 क्षेत्रमा नयाॅं संरचना निर्माण कार्य गर्न लागिएको भन्ने बुझिन आएको हुदा तत्काल सो कार्य रोकी रोक्न लगाई यस बिभागलाई जानकारी गराउनु हुन एवं यस बिभागको स्विकृती सहमती बिना कुनैपनि निमार्ण कार्य नगर्न नगराउनु हुन आदेश अनुसार अनुरोध गर्दछु भन्दै बिभागका पुरात्तव अधिकृत अमृता महर्जनले पत्र लेखिएको छ।                                        बिभागले आज लेखेको पत्र जिल्ला प्रसासन कार्यालय काठमाण्डौ, काठमाण्डौं महानगरपालिका वडा नं. -८ कार्यालय लगाएतलाई बौधार्थ दिईएको छ स्मरण रहोस केहि समय अघिमात्र पशुपति क्षेत्रलाई विश्व सम्पदाको निति विपरित कामकाज गरेको भन्दै रेडजोनमा राखेको समेत सो जोनवाट हटेको केहि समयमा नै पुनःसम्पदा पुरातत्विक क्षेत्रमा मनलागी डोजर चलाईनु लाई सामान्य रुपमा लिन सकिदैन असक्षम पदाधिकारीका पहिलो गाॅंसमा ढुङ्गा लाग्यो भन्दैछन जानकारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.