काठमाण्डौ/असार१६ गते -नेपाली कांग्रेसवाट निर्वाचित काठमाण्डौं महानगरपालिका वडा नं. ७का वडा अध्यक्ष लायन विमल होडाले “लुटन सके लुट कान्छा काठमाण्डौं महानगरपालिकामा हो छुट” भन्ने शैलिले कॅंहि नभएको जात्रा हाडिगाॅंउमा भनेजस्तै महानगरवासीले आफ्नो गाॅंस कटाएर बुझाएको करलाई दुरुपयोग गदै वडा नं. ७ कार्यालयले विपत व्यवस्थापन सम्वन्धि तालिम कार्यक्रम जनप्रतिनिधि एवं वडा स्तरिय विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको कार्यक्रम यहि असार १४ गते भक्तपुरको तारे होटल Ghyampe Danda Hotel मा आयोजना गरिएपछि विवाद बढेको बताईन्छ। नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री बालेन्द्र शाहले सरकार निमार्णपछि जारी प्रतिबद्धता अनुसार कुनैपनि तहका सरकारी निकायले गोष्ठी,सेमिनार,,बैठक वा तालिम कार्यक्रम आफ्नो कार्यालय परिसर बाहिर गरेर आर्थिक बोझ ढंगले अनियमितता नगर्ने नगगराउने निति घोषणा गरिएपनि नेपाली कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष बिमल होडा र वडा कार्यालयले काठमाण्डौं महानगरपालिकाको सीमा क्षेत्रभन्दा बाहिर भक्तपुरको तारे होटलमा कार्यक्रम आयोजना गरेर प्रधानमन्त्री शाह सरकारको आर्थिक पारदर्शितालाई चुनौती दिएका छन। वडा अध्यक्ष होडाले महानगरपालिकाको लोगो समेत नलगाएर लायन्स क्लबको लोगो सहितको ज्याकेट र टोपी प्रयोग गदै कार्यक्रम उद्घाटन गरेको देखिन्छ,सुत्रका अनुसार गोष्ठीमा वडाका जनप्रतिनिधिले परिवार सहित पुगेर तारे होटलमा रमाईलो गरेर कस्तो विपद व्यवस्थापन तालिम गरे भन्दै वडावासीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा द.नं.C-077467र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय सर्तकता केन्द्रमा हुलाक सेवा विभाग र.नं.२३६४९४७९ NP मार्फत उजुरी दर्ता गरेका छन्। एक वडा सदस्यले आफ्नो नाम नबताउने शर्तमा आफुहरुको भनाई वडा अध्यक्षले नमान्ने आफ्नै मनलागी गर्ने गरेको बताउॅंदै तालिम कार्यक्रममा श्रीमान र परिवारका सदस्यहरु लगेर गएको आफुले जानकारी पाएको समेत बताए उनका अनुसार विपद व्यवस्थापन जस्तो जनसरोकारको विषयमा दुई बर्ष अगाडी फायर ग्यास चलाउने बाहेक अरु विषयमा तालिम सञ्चालन समेत भएको छैन भन्छन। वडा अध्यक्ष होडाले आफ्नो पदिय मर्यादा र आचरण विपरित वर्तमान सरकारले लिएको आर्थिक पारदर्शिता अपनाउॅंदै मितव्ययिता अपनाउने राष्ट्रिय संकल्पलाई मिचेर जिल्ला बाहिर के कस्तो विपत व्यवस्थापनको तालिम गरे,के कति रकम खर्च भयो,तालिममा कोको लाई सहभागी गराईयो त्यस बारेमा अनुसन्धान गरी प्रचलित कानुन अनुसार कारवाहीको माग वडावासीहरुले निवेदनमा माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया