Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०३ गते

पशुपतिको स्कार्पियो गाडी मन्त्री निवासमा कसरी जल्यो

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
५ मिनेट पढ्ने समय

काठमाण्डौं/मङ्गसिर २० गते -नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको विश्वका हिन्दुहरुको आराध्देव भगवान श्रीपशुपतीनाथ बिराजित पावनभूमि पाशुपत क्षेत्रको धर्म-संस्कृतिको संरक्षण सम्वर्द्धन गर्न स्वर्गवासी राजा वीरेन्द्रवाट स्थापित पशुपति क्षेत्र विकास कोषका अनेकौं विकृति,विसंगती एकपछि अक्रो गदै सार्वजनिक हुने क्रममा आज फेरी अक्रों पदिय दुरुपयोगको घटना आएको छ।                                                                           कोषको स्कार्पियो गाडी कोको लाई–                                         पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव,कोषाध्यक्ष र श्रीपशुपतीनाथ मन्दिरका मुलभटृको प्रयोजनका लागि भन्दै करौडौं  मुल्यमा खरिद गरी सुविधाका रुपमा उपलव्ध गराउॅंदै आएको थियो।                                                         निजी(प्राईभेट)नम्बर प्लेट जडित स्कार्पियोहरु मध्य गत भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर गौशालामा कोषाध्यक्ष नारायण प्रसाद सुवेदी र मुलभटृ गणेश भटृको स्कार्पियो गाडीहरु सहित दर्जनौ सरकारी र निजी गाडी र मोटर साईकिल सहित कोष कार्यालय समेत आगजनी भएको थियो।                                                    कोष परिसर बाहिर नि: सदस्य सचिव जोशीको गाडी कसरी  ?        भदौं २३ गते जेन्जी आन्दोलनपछि सांझ तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बन्द्री प्रसाद पाण्डेले निमित्त सदस्य सचिव सुवास चन्द्र जोशीलाई फोन गरेर मन्त्रिपरिषद्को बैठकमा जान सरकारी गाडी भएकोले गाहों भयो भनेपछि निजी नम्बरको गाडी पठाई दिन आग्रह गरेपछि जोशीले आफ्नो सुविधाको स्कार्पियो गाडी मन्त्रीलाई पठाएका थिए।                                                                                     भदौं २३ गते मन्त्रीलाई खुसी बनाउन पशुपतिनाथ खर्चवाट सञ्चालन हुने गाडीलाई आफुलाई निमित्त सदस्य सचिव बनाई दिने संस्कृति  मन्त्रीको चाकडीमा स्कार्पियो गाडी र कोषको चालक समेत मन्त्रीका लागी व्यवस्था गरेका थिए।                                                                                              सदस्य सचिवको लागी भनेर सुविधा बाफत दिईएको कोषको बा.१.झ.८१०२ नम्बरको सरकारी स्कार्पियो गाडी मन्त्री पाण्डेलाई के कति कारणले आफ्नो पदिय अधिकार दुरुपयोग गदै निमित्त सदस्य सचिव तथा कार्यकारी निदैशक सुवास चन्द्र जोशीले दिए भन्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको राष्ट्रीय दैनिक राजधानीले मुख्यपृष्ठमा समाचार नै प्रकाशित गरेको छ।                                                                      पदको दुरुपयोग गदै दिएको गाडी कहाॅं जल्यो ?                            तत्कालीन मन्त्री पाण्डेले निमित्त सदस्य सचिव जोशीलाई गाडी माग्दा संगै जोशी संगै रहेका कोषका अधिकारीका अनुसार सदस्य सचिवले गाडी दिएको सम्म आफुलाई थाहा छ तर कोषको गाडीको हालको अवस्थाका बारेमा आफु अनभिज्ञ रहेको दाबी गर्न भ्याएका छन्।                                                       निमित्त सदस्य सचिव समेत रहेका कार्यकारी निदैशक जोशीले आफ्नो सुविधाको रुपमा कोषवाट प्राप्त स्कार्पियो गाडीलाई मन्त्रीको चाकडीमा पठाएर आफुले निर्वाचन आयोगले कोषलाई उपलव्ध गराएको डबल क्याबिन स्कार्पियो चढेका जोशीले कोषको स्कार्पियो गाडी कोष परिसर भित्र नै जलेको बहाना गरेपनि त्यो योजना सफल हुन नसकेको सुत्रले बताएको छ।                                                           भदौं २३ गते आफ्नो पदिय अधिकार र हैसियतलाई दुरुपयोग गदै मन्त्रीको चाकडीमा नजरना स्वरुप आज्ञाकारी बन्दै कोषवाट चालक सहित पठाईएको बा. १.झ.८१०२ को स्कार्पियो गाडी जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते सरकारी मन्त्री निवास ललितपुरमा जलेको बताईन्छ ‌।                                                                         सुत्रका अनुसार हिजोआज कोषको स्कार्पियो गाडी खोज्न केहि कर्मचारीलाई दिनॅंहु निमित्त सदस्य सचिव जोशीले खटाउने गरेको चर्चा कोषमा व्याप्त छ पदको दुरुपयोग गदै भगवान श्रीपशुपतीनाथको सम्पत्तिलाई गैरकानुनी ढंगवाट दुरुपयोग गर्न दिने उपर अख्तियार र जेन्जी आन्दोलनको बलमा स्थापित सरकारले जोशी माथि कारवाही गर्न सक्छ वा मुकदर्शक हुन्छ हेर्न बाकीं छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.