Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:२६ गते

भोलि बिहान पशुपति जयबागेश्वरीमा ऐतिहासिक ब्रम्हाको मन्दिरमा मूर्ति स्थापना हुदै

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौं/कार्तिक १६ गते-पशुपति क्षेत्रको जयबागेश्वरी पेट्रोल पम्पको पछाडी पश्चिम दिशामा दशकौंं देखि भग्नावशेष रुपमा परिणत भएको भगवान श्री ब्रम्हाको मन्दिरलाई काठमाण्डौं महानगरपालिका वडा नं.८ का वडा अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको सक्रियतामा कलात्मक पेगौडा शैलिमा पुनः निर्माण सम्पन्न भएको छ।                                                                                                            सम्पदा र संस्कृति संरक्षणको दिशामा अहोरात्र तल्लिन वडा अध्यक्ष संगतले भत्किएर झागझाडीमा परिणत बनिरहेको दुर्लभ भगवान ब्रम्हाको मन्दिर उठाउने दृढ संकल्प बोकेर मन्दिर उत्खनन गर्दा मन्दिरको जगमा ईनारहरु र कलात्मक पुराना ऐतिहासिक ईटाहरु भेटिए पछि सानो मन्दिर बनाउने कार्यलाई स्थगित गरेर स्थानियवासी,संस्कृतिबिज्ञ,पुरातत्व विभागको समेत परामर्श सहयोगमा थप बजेड व्यवस्थापन गरी पेगौडा शैलिमा मन्दिर निर्माण सम्पन्न गरेका हुन।                                                                                               देवका महादेव बिराजित पावन भूमि पाशुपत क्षेत्रमा भगवान शिव सहित ब्रम्हा,बिष्णु एवं देविहरुका मठमन्दिर रहेका छन् पुनःनिर्मित  मन्दिर बनेको स्थानवाट यस अघि मूर्ती चोरी भएको थियो उक्त चोरिएको मूर्ति खोजी गर्नेक्रममा काठमाण्डौ महानगरपालिकामा वडा नं. ५ हाडिगाउॅं धोबिखोला( रुद्रमती नदी)किनार फेला परी गौशाला स्थित प्रहरी कार्यालयमा ल्याई संरक्षण गदै आइरहेको थियो।                                                                        प्रहरी वृत परिसरमा रहेको दशकौं पछि भगवान श्री बम्हाको मूर्तिलाई हराएकै स्थानमा मन्दिर पुनः निर्माण पछि भोलि सोमवार बिहान ७:३० बजे गौशाला प्रहरी वृतवाट बाजागाजा सहित पुनः स्थापना गरिने वडा अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत जानकारी दिएका छन् पुनः निर्मित मन्दिरमा पुजाआजा भने अक्रो सातावाट सर्वसाधारणका लागि खुला गरिने छ ‌।                                                  भोलि बिहान भगवान श्री ब्रम्हाको मूर्ति ल्याउने शोभायात्रामा सहभागी हुन समेत संगतले सवैमा आव्हान समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.