आज बिहेपछिको लगन गांठो भनेजस्तै कथा व्यास समाजको कार्यक्रम
काठमाण्डौं/माघ-१०- राष्ट्रिय कथाव्यास समाजको आयोजनामा आज काठमाण्डौंमा विद्वत सभा आयोजना गरयो आजको सभामा सनातन विद्वत परिषद् नेपालका उपाध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकी विद्यापीठ वेद वेदान्त बिभागका पूर्व प्रमुख प्राध्यापक भवानीप्रसाद खतिवडाले “नित्य नैमित्तिक प्रायश्चित काम्यादि कर्मको शास्त्रीय स्वरूप र कर्तव्याकर्तव्य विचार” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रा.खतिवडावाट प्रस्तुत कार्यपत्रमा सनातन धर्ममा कर्मको स्थान सवौपरी छ भन्दै वैदिक वाङ्मय नै धर्म किंवा कर्मको मुल हो,मन्त्र र ब्राह्मण गन्थ नै बेदका रुपमा जानिने भएपनि प्रस्तुत प्रसङ्गमा मन्त्र र ब्राह्मणका साथै अङ्ग उपाङ्ग र तत्ससमन्धी व्याख्या ग्रन्थलाई पनि वैदिक बाङ्गमयमा ग्रहण गरिएको छ भन्नुहुदै उहाॅंले कर्मका बारेमा विश्लेषण गर्दा ब्राह्मण गन्थ अङ्ग तथा उपाङ्ग ग्रन्थका साथै तत्सम्बन्धी निवन्धग्रन्थलाई पनि लिनुपर्ने हुन्छ,जहाॅं कर्मको स्वरूप,वग्रीकरण,विधी र निषेधका बारेमा सूक्ष्म विवेचनका साथै निदैशन पनि गरिएको पाईन्छ भन्दै खतिवडाले सामान्य शास्त्रले सार्वकालिक धार्मिक कार्यलाई अनुमोदन गर्दछन भने बिशेष शास्त्रले कावविशेष, ग्रहस्थिति विशेष आदिमा निषेध वा विधान गर्दछ। न्याय एवम् मीमांसा शास्त्रमा प्रतिपादित “सामान्य शास्त्रतो नूनं विशेषो बलवान भवेत्” भन्ने शास्त्रीय निर्णायक न्यायवाक्य अनुसार “सामान्य शास्त्रभन्दा विशेष शास्त्रको बिधान बलवान हुन्छ”भन्ने स्पष्ट हुन्छ,जुन विषयलाई शास्त्रीय कर्म गर्दा सर्वार्थ भुल्नै हुदैन “तर वर्तमान समयमा कहाॅं कहि कसैकसैले” भक्तिमा कालको अपेक्षा हुसैन”भन्ने सामान्य शास्त्रीय वचनको अनुचित प्रयोग द्वारा काल,तिथि,ग्रह-अस्त,बाल्य,वार्धक्य,अधिकमास,क्षयमास आदिको विचारै नगरी विना मुहूर्त सप्ताह,नवाह,आदि विभिन्न प्रकारका महायज्ञात्मक काम्यकर्महरु सञ्चालन गर्ने गरेको कुरा सर्वविदित छ। भन्दै कार्यपत्रमा अतः उपयुक्त शास्त्री निषिद्ध समयमा के कति कर्म गर्नु ठिक छ? समय ठिक छ ? विधि ठिक छ ? आदि अहम् प्रश्न हाम्रा अगाडी उपस्थित भएका छन् भन्दै प्रा.खतिवडा लेख्नुहुन्छ अतःती प्रश्नको अविलम्ब निरुपण गर्नु हाम्रो कत्तर्व्य सम्झेर कार्यपत्र पेश गर्नुभएको जियो, शास्त्रले निषेध गरेको समयमा धार्मिक कामकाज गर्नुलाई अशास्त्रीय कार्य भएको बताउनु हुदै उहाॅंले ३३ पेज लामो कार्यपत्र पेश गर्नुभएको थियो। हिजोआज व्यासका गुरुहरुले पन्थ वा सम्प्रदायको आड भरोसा लिदै मनलागी ढंगवाट शास्त्रीय विधि-विधान विपरित कैयन व्यक्तिहरुवाट कथा पुराण,बिवाह,व्रतवन्ध लगाएतका महत्वपूर्ण धार्मिक महाअनुष्ठानहरु हुदै आएको बिषयले आजको विद्वत सभामा चर्चा भएको थियो,त्यस्तै कथाव्यासमा बसेका केहि पंण्डित,आर्चाय, नारी पुरुषले कथाको समयमा दैनिक श्रीमान/श्रीमती घर कोठामा जाने गरेको तितो यर्थाथ समेत सुनियो। काठमाण्डौं उपत्यका भित्रको भक्तपुर क्षेत्रमा आफ्नो कर्म क्षेत्र बनाएका कथाव्यास दम्पतिवाट शास्त्रलाई राम्रो अध्यन एवं उच्चारण समेत शुद्ध संग नगरी व्यवसाय बनाई रहेको विषय समेत सुनियै,शास्त्र पुराण के हो भन्ने सामान्य ज्ञान समेत नभएको बालबालिकालाई कमाउने मा ध्यम बनाईएको आरोप एक सहभागीले लगाए। कथाव्यासको मर्यादा नजान्ने आफुखुसी कथापुराण डाउन गरेर समाजलाई गुमराहमा राख्ने पात्रहरुलाई प्रचलित कानुन अनुसार कारवाहीका लागि अगाडी बढ्न सहभागीहरुले जोडदार रुपमा आवाज उठाईएको थियो त्यस्तै धार्मिक संघसंस्थाले पनि शास्त्रीय ज्ञान र अध्ययन नगरेका व्यापारीलाई कथापुराणमा सहभागी गराउन बन्द गराउनु पर्ने अवस्था रहेको छ। यस बर्षको शुक्र अस्तमा नेपालका चर्चित भनिएका कथावाचक,वाचिकादेखि सामान्य सम्मले शास्त्रीय नियम मिचिएको देखिएको थियो हिन्दु अनलाईनले केहि त्यस्ता पतित कथावाचक वाचिकाको कर्तुत आमपाठक माझ ल्याउॅंदैछ,आजको विद्वत सभाको प्रमुख आतिथ्यता नेपाल प्रचाङ्ग निर्णायक विकास समितिका शम्भु प्रसाद ढकाल हुनुहुन्थ्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया