Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:११ गते

जेन्जीले प्रधामन्त्रीका लागि मात्र होईन हिन्दुत्व सहितको हिन्दु राष्ट्रको लागि सोचोस।

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौं/भदौं २६- जेन्जी युवाहरुको आन्दोलन सफल बनेर नयाॅं सरकार गठन गर्ने अवसरलाई चुनौती र  अवसर बनेपनि युवाहरु गुट र समुहमा बिभक्त बनेका छन् ,जेन्जी युवाहरु दलगत राजनीतिमा फस्दैछन भनेर विज्ञहरुमा चिन्ता उव्जेको छ।                                                                   व्यवस्था भित्र अवस्था सुधारको लागि भ्रष्ट र भ्रष्टाचारीदेखि कु-शासक सम्मलाई कारवाहीको माग गदै प्रारम्भ गरिएको युवाहरुको बिद्रोहलाई दवाउन केपी ओली सरकार त्यसमा पनि गृहमन्त्री रमेश लेखक तिनका डिजाइनमा काठमाण्डौंका प्रमुख जिल्ला अधिकारीको आदेशमा गोली प्रहारवाट ३० जना भन्दा बढि कलिला जेन्जी बालबालिकाहरुको हत्या गरेपछि आक्रोशित जेन्जी सहितका नेपालीहरुले सिंहदरवार,सर्बोच्च अदालत,सितलनिवास, राष्ट्रिय अभिलेखालय,प्रहरीका कार्यालयहरु सहित व्यापारिक प्रतिष्ठान,निजी सम्पत्ति जलाईए पछि समस्याले विकराल रूप लिए पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार पतन भएपछि नयाॅं सरकार बनाउन नेपाली सेनाको मध्यस्थतामा प्रयास गरेपनि सफल हुन सकेको छैन।                                   बिदेशी डिजाइनमा नयाॅं सरकार गठन को तानाबाना बुनेको चर्चाले राम्रै स्थान पाईरहेको छ,त्यस्सो त राष्ट्रपति रामचन्द्र पौडेल संग प्रधान सेनापतिको बिवाद परेको भन्दै वरिष्ठ पत्रकार किशोर नेपालले सोसल मीडिया मार्फत सार्वजनिक गरेका छन्,के किशोर नेपालले भनेजस्तो साच्चै बिबाद भएको होकि धमिलो पानीमा माछा मार्ने कोशिश हुदैछ ? जेन्जी युवाहरुमा प्रधानमन्त्रीलाई बिबाद देखिनु र प्रधान सेनापति र राष्ट्रपतिको विषय आउनुलाई पक्कैपनि सामान्य अर्थमा बुझ्न कठिन बन्दैछ।                                            पशुपति क्षेत्र विकास कोष,रातो मछिन्द्रनाथको रथ लगाएका धार्मिक स्थलमा आगजनी गर्नुले पनि जेन्जी आन्दोलनमा ईसाई जेन्जीको डिजाइनले काम गरेको हुनसक्ने जानकारहरुले दावी गरेका छन्, नेपाल हिन्दु राष्ट्र बनाउनु पर्ने विषयले जोडदार आवाज उठिरहेको समयमा हिन्दुका आस्था र विश्वास माथि आक्रमण गरी हिन्दु राष्ट्रको आवाजलाई ओझेल पार्ने शक्तिले काम गरेको होकि भन्ने आशंका बन्दैछ,जेन्जी,सेना र राष्ट्रपतिका बिच समझदारी गर्दा हिन्दुराष्ट र हिन्दुत्वलाई ओझेल पार्ने ढंगले तथाकथित ठेकेदार मतियार सम्झोता गरिए हिन्दु युवा जेन्जीको बिदोह नहोला भन्न सकिदैन अवको वार्तामा हिन्दु युवा जेन्जीलाई समावेश गर्न नेपाली सेनाले ध्यान देओस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.