स्व: सुर्वण बैधबाट स्थापित आर्यघाट सेवा केन्द्रमा गैरकानुनी असुली धन्दा!
काठमाण्डौं/मङ्गसिर ११ गते- पशुपतिनाथको पूर्व ढोकामा अवस्थित समाजसेवी स्व:सुर्वण बैधको सक्रियतामा स्थापित श्रीपशुपतीनाथ आर्यघाट सेवा केन्द्रमा हिजोआज उपचारका नाममा लुट धन्दा चलेको एकपछि अक्रो प्रमाण फेला परेका छन्। जिवनको अन्तिम समयमा भगवान श्रीपशुपतीनाथको पाउॅंमा देहत्याग सहज ढंगवाट हुन सकोस भन्ने कामनाका साथ परम्परादेखि घाट बैधद्धारा सेवा प्रदान गरिदै आएको स्थलमा समाजसेवी स्व: सुवर्ण वैधद्धारा बेड सहितको अस्पतालकै शैलिमा श्रीपशुपतीनाथ आर्यघाट सेवा केन्द्र स्थापना गरी बिरामीहरुको उपचार गरिदै आएको केन्द्रमा हिजोआज गैरकानुनी ढंगवाट लुटको धन्दा चलिरहेको छ। प्रमुख संस्थापक स्व: सुर्वण बैधको केहि महिना अगाडी घरनजिक जयबागेश्वरी मन्दिर अगाडीको सडकमा ट्याक्सीले हान्दा उपचारका क्रममा सिनामंगल स्थित काठमाण्डौं मेडिकल कलेजमा निधन भएको थियो केहि बर्ष अगाडी उमेर हदका कारणले पशुपति क्षेत्र विकास कोषले स्व:बैधको स्थानमा उनकै भाई सारदाकुमार बैधलाई घाट बैधमा नियुक्त गरी कामकाज गरिदै आएकोमा सारदाकुमार बैधले उमेर हदका कारणले केहि समय अगाडी अवकाश पाएपनि निजले नै केन्द्रमा सेवा प्रदान आईरहेका थिए। स्व: सुर्वण बैधका कान्छा छोरा शैलैन्द्र बैधलाई स्व: सुर्वण बैधले आफ्नो स्थानमा घाट बैधमा नियुक्त गराउन अथक प्रयास गरेपनि कोषले अनुभव बिहिन व्यक्तिलाई नियुक्त गर्न आनाकानी गरिएको कोष सुत्रले बताएको छ,जिवनको अन्तिम अवस्थामा उपचारका लागि पुराईने अति महत्वपूर्ण केन्द्रमा अनुभव, क्षमता र दक्षता बिनाका व्यक्तिवाट सेवा दिन खोज्नुलाई सहि मान्न नसकिने कोष सुत्रको दावीमा सत्यता देखिन्छ। पशुपतिनाथ आर्यघाटको घाट बैधमा पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष तथा बागमती प्रदेश सभाका पूर्व सांसद नेपाली कांग्रेसका नेता नरोत्तम बैधले पनि लामो समय सम्म घाट बैधको रकम बुझेका थिए तर उनले कुनैदिन घाटमा बिरामीको नाडी समाएको नदेखेको एक जानकारले हामीलाई बताए। पशुपतिनाथ आर्यघाट सेवा केन्द्र स्थापना गरी पशुपति क्षेत्रको बृहत्तम बिकास गरी सनातन हिन्दुधर्म संस्कृति, संस्कार, परम्पराको संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने समाजसेवी स्व: सुर्वण बैधका कान्छा छोरा शैलैन्द्र बैधले हिजोआज केन्द्रमा उपचार गर्न आएका बिरामीका आफन्तवाट १५,०००/-प्रन्ध हजार रूपैया सम्म धरौटी भन्दै गैरकानुनी ढंगवाट असुली धन्दा चलिरहेको सुत्रले जनाएको छ स्व:बैधले निशुल्क उपचार गर्न स्थापित केन्द्रमा किन उठाईदै छ धरौटी बाफतको रकम ? केन्द्रमा उपचार गर्न आएका टिकाराम पाण्डे (परिवर्तित नाम)हाल पशुपति कृयापृती,आशा खत्री(परिवर्तित)सहितका अनेकौ व्यक्तिवाट धरौटी बाफत भन्दै रकम लिने तर बिरामीको निधन भएपछि धरौटी भन्दै गैरकानुनी ढंगवाट उठाईको रकम दिने समयमा मोवाइल बन्द गरिएको एक भुक्तभोगीले बताए। शैलेन्द्र बैधले बिभिन्न दाताहरुको सहयोगमा केन्द्रमा राखिएको दराज,फ्रिज,उठाएर लगिएको फोटो प्रमाण समेत फोटो सुरक्षित छ,गैरकानुनी ढंगवाट पशुपतिनाथ क्षेत्रमा रकम उठाइएको सम्वन्धमा पशुपति क्षेत्र विकास कोषका नि: सदस्य सचिव सुवास चन्द्र जोशीलाई प्रश्न गर्दा आफुलाई यसबारेमा गुनासो आएकोले अनुसन्धान अगाडी बढाई दोषीमाथि कारवाही हुने जानकारी दिएका छन् त्यस्तै घाट बैध सारदाकुमार बैधलाई बुझ्दा उनले पनि धरौटी भन्दै रकम उठाएको गुनासो जानकारीमा पाएको बताए तर आफुले कसैवाट रकम नलिएको र नलिने नि: शुल्क सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाए। धरौटी बाफत रकम किन लिएको भन्ने हाम्रो प्रश्नमा शैलेन्द्र बैधले पैसा नलिनु र भन्ने जवाफ दिएका छन् जिवनको अन्तिम समयमा घाट पुगेकावाट अस्पतालले बढि रकम कुन आधार र प्रमाणवाट उठाईदैछ दाता दानबीरले दिएका सामाग्री कस्को अनुमतिवाट झिकिदैछ यो प्रश्न गम्भीर रूपमा सोच्नुपर्ने भएको छ,स्थानिय वडा कार्यालय र पशुपति क्षेत्र विकास कोषले तत्काल अनुसन्धान गरी यथोचित व्यवस्था मिलाउन विलम्ब गर्न नहुने जानकारहरुको जोड रहेको छ – ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया