Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:२९ गते

हेटौडामा सडक बिस्तारका नाममा बिहानैवाट डोजर चल्यो

हिन्दु अनलाईन टिभी
४ महिना अगाडि
२ मिनेट पढ्ने समय

हेटौडा/मङ्गसिर २० गते-आज बिहानै बाट बागमती प्रदेशको राजधानी हेटौडामा सबौच्च अदालतको आदेश विपरित सडक बिस्तारका नाममा घरहरुमा डोजर चलाउन सुरु भएको छ।                                                                            पूर्व प्रधान न्यायाधिस समेत भईसक्नु भएका प्रधानमन्त्री शुसिला कार्की सरकारले पनि अदालतको आदेशलाई नमान्नु लज्जाको बिषय हो भन्दै पिडितहरु हारगुहार गरिरहेका छन् शक्तिको दुरुपयोग गरी जनताको घर भत्काउ,तर कमसेकम अतिक्रमणकारी भन्ने गलत आरोप जनता माथि नलगाउॅं भन्दै पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले रोष प्रकट गदै सोसल मीडियामा लेखेका छन्।                                                                                 बिहानै झिसमिसेमा नै घरमा डोजर चलेपछि सन्नाटा छाएको छ,नाबालिक,वृद्धावस्थाका मानिसहरुलाई सडकमा राखेर पिडितहरु अदालतको आदेशलाई सम्मान गरियोस भन्थै नारावाजी गरिरहेका छन्,ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको देखिन्छ जनताको भावना विपरित जबरजस्ती बाटो बिस्तार गरिएको भन्दै सहरी बिकास मन्त्री कुलमान घिसिङ्गको उज्यालो पार्टी नेपालका केन्द्रीय सदस्य विद्या श्रेष्ठले बिरोध जनाउॅंदै नैतिकताका आधारमा पार्टी परित्याग गरेकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.