पशुपति जयबागेश्वरीमा क्षेत्रमा परम्परागत दुर्गा नाच प्रारम्भ
काठमाण्डौं/मङ्गसिर १३ गते – आजवाट पशुपति क्षेत्रको जयबागेश्वरीमा मनदिर अगाडीको डवली परिसरवाट धार्मिक महत्व बोकेको नवदुर्गा माताको नाच प्रारम्भ भएको छ। काठमाण्डौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरी युवा क्लब,पशुपति क्षेत्र विकास कोष लगाएत स्थानिय धर्मपारायण व्यक्तित्वहरुको सक्रियतामा हरेक बर्ष भक्तपुरको नवदुर्गा नाच पाशुपत क्षेत्रमा नचाउने परम्परा रहेको छ। आज दिउॅंसो सिफल स्थित गणेश स्थानमा भेला भएका देवगणहरु साझॅं जयबागेश्वरी मन्दिर अगाडीको डवलीमा पुजा टीका प्रसाद पछि रातीमा राजराजेश्वरी स्थित नवदुर्गा मन्दिर परिसरमा नाच हुनेछ भने भोलि आईतवार मध्यान्हवाट जयबागेश्वरी मन्दिर एवं प्राचिन वस्ती नवालीटोल लगाएतका क्षेत्रमा नवदुर्गा नाच प्रस्तुत हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया