Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:१८ गते

देशभरका धामी,झांकी,व्यास,गुरु,पुरोहित,ज्योतिष,माताहरुको साझा संस्थालाई वैधानिकता

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
४ मिनेट पढ्ने समय

काठमाण्डौं/मङ्गसिर २२ गते-सनातन हिन्दुधर्म,संस्कृति,संस्कार, परम्पराको संरक्षण गदै वैदिक,बौद्ध,जैन,शिख,बोन,किराॅंत,प्रकृति पुजक लगाएतका ॐकार परिवारमा आवद्ब धामी,झांकी,माता,गुरु,ज्योतिष, पुरोहित,पण्डित,कथा व्यासहरुको साझा संस्था गठन गरी सम्वद्ब पक्षहरुको हकहित संरक्षण गदै समय सन्दर्भ अनुरुप बिकास गर्नका लागि ओम सनातन संस्कृति संरक्षण समाज नेपाल गठन गरिएको छ।                                       काभेपलाञ्चोकका चर्चित युवा झांकी रोजवहादुर मोक्तानको अध्यक्षतामा गठित १३ सदस्यिय समाजलाई जिल्ला प्रसासन कार्यालय काठमाण्डौं,काठमाण्डौ महानगरपालिकाले आज वैधानिकता दिदै प्रमाणपत्र प्रदान गरिएको छ नवगठित संस्थामा भक्तपुर चांगुनारायणका झांकी गुरु रामकृष्ण परियार वरिष्ठ उपाध्यक्ष,रामेछाप लिखु तामाकोशीका झांकी कुमार चुहान उपाध्यक्ष,काठमाण्डौं बुढानिलकण्ठका खेलाडी समाजसेवी रेश्मा के.सी.महासचिव,नुवाकोट सूर्यगढीका युवा झांकी शिला लामिछाने सचिव,रामेछाप सुनापतीका झांकी अम्मरवहादुर रानामगर कोषाध्यक्ष रहनुमाएको छ।                                                                                                          त्यस्तै सदस्यहरुमा मकवानपुर बकैयाका झांकी भिम पाखिन,सर्लाही हरिपुरका झांकी हरिवहादुर बस्नेत”भान्जा”, रामेछाप लिखु तामाकोशीका झांकी शुसिला अधिकारी,मकवानपुर राईगाउॅंका झांकी चन्द्रवहादुर गुलाल, ओखलढुंगा विलन्दुका झांकी रमेश घिमिरे,सिन्धुपाल्चोक चौताराका माता पाथिभरा मीना दुलाल र रामेछाप मन्थलीका झांकी राजु अधिकारी रहेका छन्।                                                                           आज सोमवार सरकारी निकायवाट कानुनी मान्यता प्राप्त समाजलाई विश्व हिन्दु महासंघ नेपालले आफ्नो संस्थागत सदस्यता अध्यक्ष पूर्व मन्त्री डा.रामचन्द्र अधिकारीले प्रदान गरिएको छ,देशभरका धामी,झांकीहरु माथि लाग्दै आएको गलत आरोपका विरुद्ध संस्थागत रुपमा आवाज बुलन्द गदै सरकारी निकायहरुको सहयोगमा कानुनी बैधानिक बाटोवाट समाधान निकाल्ने कार्य अविलम्ब सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रोजवहादुर मोक्तानले जानकारी दिएका छन्।                                                                                       कुनै जात वा भाषाका आधारमा कसैलाई भेदभाव नगरी ॐकार परिवार भित्रका हरेक हरेक भाषाभाषीलाई एकसुत्रमा आवद्ध बनाई सवैको अपनत्व हुनेगरी संस्थालाई अगाडी बढाउने योजना रहेको अध्यक्ष मोक्ताङले बताउॅंदै उनले अगाडी भने सवै संगको भाईचारा सम्वन्ध राख्दै एक सक्षम विशुद्ध धार्मिक संगठन बनाउॅंदै आर्थिक पारदर्शितामा दृढ रहने संकल्प समेत उनले सवैमा राखेका छन्।                                                                                             नवगठित संस्थाले काठमाण्डौको चावहिलमा धामी,झांकी,गुरु,पुरोहित,वैध,ज्योतिषहरुवाट शास्त्रिय बिधिबिधानको अधिनमा रहेर उपचार प्रद्धति छिटै प्रारम्भ गरिने योजना रहेको बताउॅंदै उनले संस्थाको सदस्यता लिन चाहनुहुने महानुभावहरुले संस्थाको स्विकृत विधान एवं प्रचलित कानुनले तोके अनुसारको विधि पुराएर लिन सकिने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.