Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १९:०० गते

समाजका अंग्रज आमा बुबाहरुलाई नि:शुल्क तिर्थयात्रा गराइदै

हिन्दु अनलाईन टिभी
७ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौ/मङ्सिर १७ गते- विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीयले विभिन्न व्यवसायी प्रतिष्ठान र पूर्व पश्चिम यातायात व्यवसायी संघ समेतको सहयोगमा  आउॅंदो माघ १ गतेवाट समाजका अंग्रज आमा बुबाहरुलाई सनातन हिन्दुधर्म,संस्कृति,संस्कार एवं परम्परालाई संरक्षण गदै बिभिन्न मन्दिर दर्शन नि: शुल्क गराउने कार्यक्रम कार्यक्रम ल्याएको छ।                                                                       संघले जारी गरेको सुचना अनुसार वैदिक,बौद्ध,जैन,शिख,बोन,किराॅंत,प्रकृति पुजक सहितका ॐकार परिवारका ७० बर्ष उमेर पुग्नुभएकाहरुको परिवारका सदस्य संघमा सम्पर्क राखी यो सुविधा लिन सकिने जानकारी दिएको छ,हरेक महिनाको पहिलो शनिवार र महिनाको अन्तिम मंगलवार दुईपटक पशुपति क्षेत्रको भण्डारखाल मुलगेटवाट बिहान ५:३० बजे प्रस्थान गरी साझॅं सोही स्थानमा ल्याउने लाने व्यवस्था गरिएको छ।                                               तिर्थाटनमा जानुहुने असक्त अग्रजका साथमा एकजना सहयोगी समेत साथमा लान पाइने छ,नि: शुल्क यातायात,बाटोमा चिया र नास्ता एवं बिहानको प्रसाद व्यवस्था समेत नि:शुल्क गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.