Hindu Online Tv

२०८३ बैशाख ४ शुक्रबार ००:५३ गते

थापाज्युलाई अन्तर्राष्ट्रीय युवा ज्योतिष रत्न

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/बैशाख २१ गते- प्रख्यात चर्चित युवा ज्योतिष अनिल थापालाई राजधानीको पशुपति क्षेत्रमा आयोजित भव्य धार्मिक समारोहमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रीय समितिको भातृसंस्था विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले विश्वभर सनातन हिन्दुधर्म धर्मका माध्यमवाट सफल ज्योतिषाचार्य कामकाज गरेको भन्दै अन्तर्राष्ट्रीय युवा ज्योतिष रत्न उपाधी सहित कदर सम्मान गरेको छ।                                                                            एकदशक भन्दा बढि समयवाट ज्योतिष,बास्तु सहित विविध बिषयमा सफल धार्मिक पद्धतिवाट यर्थाथ निर्णय दिएर नेपाल सहित विश्वभर चर्चामा रहदै आएका थापालाई राष्ट्रिय एकता परिषदका अध्यक्ष पूर्वमन्त्री तथा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका प्रमुख संरक्षक निक्ष्यशम्शेर जवराले पदक सहित सम्मान प्रदान गर्नुभएको थियो।                                                                                            अन्तर्राष्ट्रीय युवा ज्योतिष रत्न थापाको जन्म सर्लाहीमा भएतापनि उनले कागेश्वरी मनोहरा नगरपालिकाको सनसिटी क्षेत्रमा सेवा केन्द्र सञ्चालन गरिरहेका थापाले अनलाईनवाट समेत सेवा गदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.