Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १८:११ गते

पशुपति आर्यघाट पुगेका बिरामीका आफन्तवाट असुलीधन्दा

हिन्दु अनलाईन टिभी
४ महिना अगाडि
५ मिनेट पढ्ने समय

काठमाण्डौं/मङ्गसिर १४ गते- सनातन ॐकार परिवारका आस्थाको केन्द्र देवादीदेव भगवान श्रीपशुपतीनाथ बिराजित पावनभूमि पशुपतिको बागमती गंगा तटमा देहत्याग सहज ढंगवाट होस भन्दै विभिन्न स्थानवाट उपचार सहित सेवा लिन जिवनको अन्तिम घडिमा आर्यघाट पुगेका बिरामीका आफन्त लुटिदै आएका छन्।                                                                                   काठमाण्डौं महानगरपालिका वडा नं. ८का पूर्व वडा अध्यक्ष तथा घाट बैध वरिष्ठ समाजसेवी स्व:सुवर्ण वैधको सक्रियतामा पशुपति आर्यघाट आईपुगेका बिरामीहरुलाई नि: शुल्क सेवा सुविधा प्रदान गर्ने पवित्र उद्देश्यका साथ पशुपतीनाथ आर्यघाट सेवा केन्द्र स्थापना गरी हजारौलाई सेवा प्रदान गरिएको थियो तर प्रमुख व्यवस्थापक स्वर्गिय बैधको केहि महिना अगाडी जयबागेश्वरी मन्दिर अगाडी सवारी दुर्घटनामा परेर निधन भएपछि हिजोआज सेवा केन्द्रमा उनका कान्छा छोरा शैलैन्द्र बैधले लुट्न सके लुट कान्छा अरुमा पाईन्न पशुपतिमा नै छ छुट भन्ने ढंगवाट बिरामीका आफन्त लुटिदै छन्।                                                    केहि समय अगाडी हिन्दु अनलाईनले समाचार प्रकाशित गरेपछि पिडितहरु एकपछि अक्रो गदै सम्पर्क आएका छन् आज केन्द्रमा उपचारका क्रममा निधन हुनुभएका काठमाण्डौं कंलकी निवासी ९३ बर्षिया वृद्धा साननानी लुइटेलका नाती प्रह्लाद लुइटेलले हजुर आमाको उपचारका लागि सेवा बाफत ३ हजार र अक्सिजनको धरौटी भन्दै १२ हजार रुपैया बुझाएका दिए।                                                           यस्तै आज आईतवार नै काठमाण्डौं बसन्तपुरवाट ल्याइएकी ५८ बर्षिया बिरामी लक्ष्मी पौडेलको उपचारका क्रममा निधन हुनुभएको छ उनलाई केन्द्रमा ल्याउॅंदा शैलेन्द्र बैधले अक्सिजनको धरौटी भन्दै १६ हजार रुपैया लिएका थिए तर सासु लक्ष्मी पौडेलको निधन भएपछि धरौटी फिर्ता माग्दा मोवाइल सम्पर्कमा नआएको केन्द्रमा रहेका व्यक्तिहरुले आफुहरु थाहा छैन भनि जवाफ फर्काएको ज्वाई पवन खनालले हिन्दु टिभीलाई बताए उनले अगाडी भने मृतक पौडेलको दाह-संस्कार गर्न रकम अभाव हुदाॅंसम्म धरौटी भन्दै लिएको पैसा फिर्ता दिईएन भन्दै चिन्ता व्यक्त गरेका छन।                                                                 पशुपति आर्यघाटमा परम्परागत घाट बैधको व्यवस्था रहदै आएको छ पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको कर्मचारी नियमावली अनुसार तलव सुविधा उपलब्ध गराउॅंदै आएको बिकास कोषले जनाएको छ तर पशुपतिनाथ आर्यघाट सेवा केन्द्र सञ्चालन गर्न कोषवाट स्विकृत नदिएको समेत बताए पछि केन्द्रको यर्थाथ बुझ्ने क्रममा काठमाण्डौं महानगरपालिका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले पशुपतिको यो केन्द्र महानगरपालिकामा दर्ता कायम दैखिदैन भन्दै आश्चर्य व्यक्त गरेका छन्त्य।                                                                                                                   त्यस्तै स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्ले संग प्रश्न गर्दा उनले गैरकानुनी ढंगवाट स्वास्थ्य केन्द्र चलाउनु गलत रहेको छ भन्दै उनले यसबारेमा आवश्यक कारवही गर्ने प्रतिबद्धता जनाए यस्तै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी तथा महाशाखा प्रमुख दिनेश रुपाखेती संग बुझ्दा उनले गैरकानुनी ढंगवाट पशुपतिनाथमा स्वास्थ्य केन्द्र चलाएको थाहा पाउंदा दुःख व्यक्त गदै प्रमुख काफ्लेले कानुन अनुसार कारवाही हुने बताए।                                               विश्वभरका सनातन हिन्दुहरुका आस्थाका केन्द्र श्रीपशुपतिनाथ मन्दिर परिसरमा जिवनको अन्तिम घडिमा आर्यघाट पुगेका बिरामीलाई विभिन्न ढंगवाट लुट्नुलाई किमार्थ सहि मान्न सकिदैन भन्छन स्थानियहरु बाबुले सेवाका लागि स्थापना गरेको केन्द्रलाई छोरावाट असुली धन्दा चलिरहेको देख्दा सवै आश्चर्य व्यक्त गर्छन।                                                                                                             पशुपति क्षेत्र विकास कोष ऐन,नियम अनुसार नियुक्ती समेत नलिएका व्यक्तिले पैतिक सम्पत्ती सरह गैर कानुनी ढंगवाट सञ्चालित केन्द्रका नाममा रकम उठाएको विषयलाई लिएर जनता प्रति उत्तरदायित्व बहन नगर्ने पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य संग सम्वन्धित कार्यालयहरु र स्थानिय निकाय एवं गैरकानुनी ढंगवाट अनुमति नलिएर असुलीधन्दा चलाउनेका विरूद्ध आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्र लगाएतका निकायहरुमा अधिवक्ता बासुदेव आचार्यले उजुरी दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.