Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १७:२५ गते

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समिति पुनर्गठन

हिन्दु अनलाईन टिभी
१ महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौ/जेठ-२७गते-वैदिक,बौद्ध,जैन,शिख,बोन,किराॅंत,प्रकृतिपुजक सहितका ओमकार परिवारको साझा धार्मिक छाता संगठन विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रीयको भातृसंस्था विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति अन्तगर्त रहदै आएको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समिति सर्लाहीका धार्मिक समाजसेवी दुर्गा देवकोटाको अध्यक्षतामा पुर्नगठन गरेकोजारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ संघका अध्यक्ष सागर थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पुर्नगठित कार्य समिति यस प्रकार रहेको छ।                                                              पुर्नगठितको समितिको प्रमुख संरक्षकमा नेपालका प्रथम महिला भागवत कथावाचिका तारा घिमिरेलाई चयन गरेको समितिमा काठमाण्डौंका शान्ति बस्नेत-वरिष्ठ उपाध्यक्ष एवं उपाध्यक्षहरुमा पाथिभरा माता मिना दुलाल-चौतारा सिन्धुपाल्चोक,मेनुका देवकोटा-सर्लाही,सिर्जना कार्की थापा-सर्लाही,केतुकला केसी-पनौती काभ्रेपलाञ्चोक,सीता बस्नेत-रुपन्देही,माता लक्ष्मी श्रेष्ठ-मकवानपुर, दुर्गा काफ्ले-सुनसरी,मिनादेवी आचार्य-कञ्चनपुर र सचिवमा मकवानपुरका सीता पण्डित र कोषाध्यक्षमा ललितपुरका गोरखकाली माता कविता शेर्पा पदाधिकारी हुनुभएको छ।                                                                                  पुर्नगठित केन्द्रिय समितिको केन्द्रीय सदस्यहरुमा सपना थापा ललितपुर,सावित्री श्रेष्ठ-काभ्रेपलाञ्चोक-पनौती,रञ्जिता दुवाडी-मकवानपुर,लिला तिमिल्सिना-काभ्रेपलाञ्चोक-मण्डनदेउपुर,मिश्रिमाया श्रेष्ठ-कञ्चनपुर, निर्मला दाहाल-काभ्रेपलाञ्चोक-पनौती,राधा घिमिरे-सुनसरी-ईटहरी,शान्ति पौडेल-कास्की-पोखरा कास्की,कल्याणी शाह-धनुषा-जनकपुरधाम,सृजना यादव-महोत्तरी-बर्दिवास,भगवती कार्की-कास्की पोखरा,बिमला थापा-बाग्लुङ्ग र राधा क्षेत्री-ललितपुर रहनुभएको २७ सदस्यिय केन्द्रीय समिति चयन गरेको छ संघका अध्यक्ष सागर थापा र सचिव विश्वनाथ भटृराई समेतको उपस्थितिमा भएको भेलाले पुर्नगठित समिति बनाएको थियो।

,

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.