Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१५ गते

गृहमन्त्री ओमप्रकाश अर्याल हटाउने हल्ला गलत-प्रधानमन्त्री कार्यालय

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौ/कार्तिक १३ गते-जेन्जी आन्दोलनको बलमा स्थापित शुसिला कार्की नेतृत्व सरकारको गृहमन्त्रीका रुपमा जिम्मेवारी निवार्ह गदै आईरहनु भएका अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री भएदेखि नै विभिन्न अदृश्य शक्तिहरुले अनेकौ कथित विषय प्रसङ्ग जोडेर बदनाम गर्ने प्रयास हुदै आईरहेको छ।                                                                                            यसै क्रममा काठमाण्डौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको नाम जोडेर गृहमन्त्री अर्याललाई हटाएर अन्य अमुक व्यक्तीलाई गृहमन्त्री बनाउने कथित हल्ला सामाजिक मिडियामा आइरहेकोमा प्रधानमन्त्री कार्यालयले विज्ञप्ति प्रकाशित गरी अतिरञ्जित हल्ला नगर्न र सो कथित हल्लामा कुनै सत्यता नभएको जानकारी दिएको छ।                                                                                                       मन्त्री नियुक्त गर्ने र हटाउने अधिकार विशुद्ध प्रधानमन्त्रीको अधिकार हो भन्दै विज्ञप्तिमा कसैलाई हटाउने वा राख्ने बिषयको दवाव वा प्रभावमा हुन सक्दैन जेन्जी आन्दोलनको बलमा स्थापित सरकारले शान्ति सुरक्षा संगै आम निवार्चन गर्ने दिशामा सुरक्षा निकायहरु उच्च मनोबल बढाउंदै अहोरात्र खटिरहनु भएका गृहमन्त्री अर्याल बिषम परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नलाग्न सम्वन्धित सवै पक्षलाई अनरोध गरिएको छ भन्दै प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव आर्दशकुमार श्रेष्ठले हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.