राष्ट्रिय कथाव्यास समाजको निर्णय आफ्नैवाट मिच्दै
काठमाण्डौ/माघ२२गते- राजधानीको मित्रपार्क स्थित आर.बी.होममा गत साता राष्ट्रिय कथाव्यास समाजको आयोजनामा विद्धत सभा आयोजना गरी नारीहरुले कथापुराणको मुल व्यासमा रहेर गर्न नहुने बृहत कार्यपत्र सहित नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठका पूर्व धर्मशास्त्र बिभागिय प्रमुख प्रा.भवानीप्रसाद खतिवडाद्धारा प्रस्तुत नित्य नैमित्तिक प्रायश्चित काम्यादी कर्मको शास्त्रीय स्वरूप र कत्तर्व्याकत्वर्य विचार बिषयक कार्यपत्र पेश गरिएको थियो। प्रा.खतिवडावाट प्रस्तुत कार्यपत्रमा नेपाल प्रचाङ्ग निर्णायक विकास समितिका अध्यक्ष,नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ धर्मशास्त्र बिभाग प्रमुख,विभिन्न धार्मिक विद्वानहरको बृहत गोष्ठीले सनातन हिन्दुधर्म शास्त्र अनुसार व्यासमा रहने व्यासाचार्यहरुले पालना गर्नुपर्ने विधि-विधान नितिका बारेमा घनिभूत छलफल गरिएको समाजले बताएको थियो। बिद्धत गोष्ठीमा उपस्थित बिद्धानहरुले नारीले कथा पुराणमा संकल्प सहित प्रमुख व्यासाचार्यका रुपमा बस्न र रहन नहुने शास्त्रीय विधि-विधान रहेकोले आईन्दा कसैले संकल्प सहितको कथापुराण,अनुष्ठानमा प्रमुख व्यासाचार्य नहुन आग्रह गरिएको साता नहुदै राष्ट्रिय कथाव्यास समाजका कार्यकारिणी समितिमा रहेकी वाचिका विदूषी सुधादेवी अच्चुत प्रियाजीको प्रमुख व्यासचार्यमा यहि आउॅंदो माघ २४ गतेदेखि फागुन ४ गतेसम्म राजधानीको चावहिलमा विराट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ हुदैछ। ॐ दिव्यभूमी मातृभूमि नेपालको आयोजनामा हुन लागिरहेको सप्ताहमा कथा व्यास समाज कार्य समिति भित्रका व्यक्तिवाटै आफैले पारित गरेको शास्त्रीय नियमलाई निर्लज्ज ढंगवाट नाकैमुनी मिच्न लागेको जानकारी नभएको होती ?निति नियम, विधि-विधान निर्णय आफ्ना नलाग्ने निति बनेको छकि भन्न थालेका छन् जानकारहरु सनातन हिन्दुधर्म शास्त्रले निषेध गरेको कर्म गर्ने व्यासाचार्यहरु लाई कारवाही गर्न आफैलाई समाजले प्रारम्भ गर्न सक्छ वा सक्दैन त्यो हेर्न बांकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया