भव्य बग्गी सहितको शोभायात्राले हराएको प्राचिन चतुर्मुखी बम्हाको मूर्तिलाई मन्दिर प्रवेश गराईयो
काठमाण्डौं/कार्तिक १७ गते-पशुपति क्षेत्रको गौशाला चावहिल मुलसडक जयबागेश्वरी स्थित पेट्रोल पम्प पश्चिम दिशामा काठमाण्डौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको सक्रियतामा कलात्मक पेगौडा शैलिको आकर्षक मन्दिर पुनः निर्माण सम्पन्न गरेर झण्डै ४० बर्ष अगाडी सोही स्थानबाट हराएको प्राचिन चतुर्मुखी बम्हाको मूर्तिलाई धार्मिक बिधिबिधान अनुसार आज पुनः स्थापना गरियो। कामपा वडा नं. ५ को धोविखोला(रुद्रमती नदी)किनारमा फेला पारेर गौशाला प्रहरी परिसर भित्र संरक्षण गरिदै आएको मूर्तिलाई कामपा वडा नं. ८ कार्यालय जयबागेश्वरीवाट सांस्कृतिक बाजागाजा,बग्गी सहितको सयौंको धार्मिक लावलस्कर प्रहरी वृत गौशाला पुगेर विधिपूर्वक पूजा गरेर ब्रम्हाको मूर्ति कामपा उपप्रमुख सुनिता गंगोल,कामपा वडा नं. ८का वडा अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, कामपा वडा नं. ७ का वडा अध्यक्ष बिमल होडा,पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य डा.डि.पी.बडाल, रामेश्वर संगत सहितको टोली, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव निर्मल कुइकेल,नेकपा एमाले वडा नं. ८ वडा कमिटी अध्यक्ष रमेश डंगोल, नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं.४ सभापति श्यामकृष्ण संगत, भण्डारी समाजका वरिष्ठ व्यक्तित्व हरिशरण राजभण्डारी,संस्कृति बिज्ञ मुकुन्द बैध लगाएतका महानुभावहरुको समेत उपस्थिति रहेको थियो। भगवान बम्हाको मूर्तिलाई लिएर प्रहरी वृत गौशालावाट प्रारम्भ भएको परम्परागत धिमेबाजा बग्गी सहितको शोभायात्रा गौशाला,जयबागेश्वरी मन्दिर,नवालीटोल हुदै पुनः निर्माण गरिएको मन्दिर परिसरमा पुगेर मूर्ति मन्दिर प्रवेश गराई प्राण प्रतिष्ठा गरिएको थियो आज मन्दिर पुराईएको मन्दिरमा ब्रम्हाको दर्शन भने आउॅंदो सातावाट भक्तजनहरुले पाउने भएका छन्,पशुपति क्षेत्रको विकासका लागि गठित पशुपति क्षेत्र विकास कोषले मठमन्दिरको संरक्षण एवं सम्वर्द्धन गर्नु पर्नेमा वडाको पहलमा एकपछि अक्रो मठमन्दिर,देवालय,पाटीपौवा,पुल,बाटोको निर्माण हुदै आएको छ। आजको बग्गी सहितको शोभायात्रामा कामपा उपप्रमुख सुनिता डंगोल र कामपा वडा नं. ८ वडा अध्यक्ष आशामान संगतले ब्रम्हा मूर्ती समाएर यात्रा गरेको देख्दा पशुपति क्षेत्र विकास कोष नामधारी कार्यकर्ता भर्ती केन्द्र कता हराएछ भन्ने आवाज भक्तजनहरुले उठाईरहेको देख्दा धन्य कोषका संरक्षक तथा हालका अध्यक्ष प्रधानमन्त्री शुसिला कार्की र तिनको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया