राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले गराए चीन भ्रमणको जानकारी
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उहा्ँको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उहाँको सचिवालयले बताएको छ ।
उहाँ परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुग्नु भएको थियो । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैहुनुहुन्छ ।
उहाँले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको सचिवालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया