Hindu Online Tv

२०८३ बैशाख ४ शुक्रबार ००:२० गते

मेयर शाहले गरे ४ वटा समितिका प्रमुखहरु फेरबदल

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ १-काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरपालिका विभिन्न ४ वटा बिषयगत समितिका संयोजकहरुको जिम्मेवारी फेरवदल गरेका छन् सम्पदा तथा पर्यटन समितिका संयोजकमा वडा नं.-८ का वडा अध्यक्ष आसामान संगतको स्थानमा वडा नं.२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारी,सुचना प्रविधि समितिका संयोजक तथा प्रवक्तामा वडा नं.१७ का वडा अध्यक्ष नविन मानन्धरलाई हटाएर वडा नं.५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापतीलाई मनोनयन गरेका छन्।                                                                                                          यस्तै शुसासन समितिका संयोजक वडा नं.२६ का वडा अध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नं.३० का वडा अध्यक्ष अध्यक्ष दलवहादुर कार्कीलाई ल्याईएको छ भने विधायन समितिको संयोजकमा वडा नं.२३ का वडा अध्यक्ष महाराजा मर्हजनलाई हटाएर वडा नं.१६ मा राष्ट्रिय स्वतन्त्र पार्टीवाट हालैको उपनिवार्चनमा निर्वाचित वडा अध्यक्ष रोजिना श्रेष्ठलाई मनोनयन गरिएको छ।                                                                                           प्रमुख प्रशासकिय प्रमुख सरोज गुरांगाईलाई पद बहालीको क्रममा प्रमुख बालेन्द्र शाहको आलोचना गदै  प्रर्दशनमा उत्रेको आरोप लाग्दै आएका वडा अध्यक्षहरुलाई हटाएको भनाई छ,स्मरण रहोस बिषयगत समितिका संयोजकहरुलाई महानगरपालिकाले करोडौं मुल्यका गाडी सुविधा दिदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.