Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १७:५५ गते

एनपीएलको लागि टिकट मूल्य निर्धारण ,तीन सयदेखि एक हजार रुपैयाँसम्म

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विज्ञप्ति जारी गर्दै आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको खेलको टिकट मूल्य सार्वजनिक गरेको हो । उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ ।

त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ । एनपीएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।

त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ मूल्य तोकिएको क्यानले जनाएको छ । टिकट खल्ती वालेटबाट काट्न सकिने क्यानले जनाएको छ । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भीआईपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको क्यानको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.