Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:२६ गते

राहदानी वितरणको काम पूर्ण रूपमा ठप्प,सञ्चालन हुन अझै केही दिन लाग्ने

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं-राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेपछि गएको बुधवारदेखि राहदानी वितरणको काम ठप्प छ ।

हिजोदेखि आंशिक रुपमा काम शुरू भएको र पूर्ण रूपमा काम शुरू हुन एक, दुई हप्तासम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै फारम भरेका सेवाग्राहीलाई राहदानी वितरणको काम शुरू भइसकेको छ ।

एक, दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि क्रमशः सेवा उपलब्ध गराउन शुरू भइसकेको पनि विभागको भनाइ छ । विभागले आवेदकको सबै तथ्याङ्क पूर्ण रुपमा सुरक्षित रहेको प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.