Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:१० गते

देवघाट बागेश्वरी गौशालामा भिषण आगलागी

हिन्दु अनलाईन टिभी
९ महिना अगाडि
२ मिनेट पढ्ने समय

चितवन/बैशाख २४-बम्हलिन राष्ट्रगुरु योगी नरहरिनाथ:ले चितवनको देवघाटमा स्थापना गर्नुभएको बागेश्वरी गौशाला सहितको आश्रममा गएराती भिषण आगलागी भएको छ,बम्हलिन योगीले प्रयोग गदै आएको कोठामा भएको  आगलागीका कारणले योगीले राख्नुभएको महत्वपूर्ण दस्तावेज पुस्तकहरु जलेर नष्ट भयो।                                                                                    सुत्रका अनुसार योगीले प्रयोग गदै आउनु भएको कोठा योगी बम्हलिन हुनुभएपछि गुरुका शिष्य शिरिषनाथ बस्दै आउनु भएको थियो शिरिषनाथ बस्न छोडेपछि सो कोठामा कसैलाई बस्न नदिएपनि हिजो राती २:०० बजेको समयमा योगीकै कोठावाट भिषण आगलागी सुरु भएको बताइन्छ,घटना शंकाको दृष्टिले शंकास्पद रहेको भनिदैछ।                                                                                                     कोहीले बाहिरवाट आगो लगाएको शंका गरेका छन २ वडा दमकलले आगोलाई नियन्त्रणमा लिईएको सुत्रले हिन्दु टिभीलाई बताएको छ घटनालाई सत्य तथ्य छानविन गर्न विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले सरकार समक्ष माग गरेको कार्यालय सचिव तथा विश्व हिन्दु युवा अन्तर्राष्ट्रीय महिला समितिको उपाध्यक्ष तारा घिमिरेले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.