झांक्री,माता,गुरु सहित तान्त्रिकहरुको अक्रों संघ बन्दै
काठमाण्डौं/जेठ ७ गते-काठमाण्डौ उपत्यका सहित देशैभरका धामी/झांक्री,माता, गुरु,तान्त्रिक,साधक,मनोविद एवं पुजारीहरुको नयाॅं साझा संगठन निर्माण गर्ने क्रममा ब्यापक रुपमा लागि परिरहेको जानकारी हिन्दु टिभीलाई प्राप्त भएको छ। सुत्रका अनुसार नयाॅं बन्न लागेको संघले सनातन हिन्दुधर्म,संस्कृति,संस्कार एवं पूर्वजले बसालेको परम्परागत धामी/झांक्री प्रद्धतिवाट उपचार,जडिवुटीवाट उपचार गर्नुका साथै अस्पतालवाट हुने उपचारका लागि नागरिक स्तरमा चेतना जगाउंदै अन्धविश्वास र रुढिवादी कुरुती विसंगतीका विरुद्ध कार्यक्रम सञ्चालन गर्ने उद्देश्य बोकेर संघ निर्माण हुन लागेको मनोविद् डा.केशव राणाले बताए। गठन हुन लागेको संघका लागि विभिन्न तयारी हुदै गरेको बताईन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया