बिजयकृष्ण र गण्डकी कोटीहोमले उठाएको गम्भीर प्रश्न ?
काठमाण्डौं/बैशाख २७-कास्कीको सुन्दर नगरी पोखरा बिरौटामा जारी गण्डकी कोटीहोम भव्य रुपमा सञ्चालन भईरहेको छ,ऐतिहासिक तामझाम साज-सज्जा सहित हुदै गरेको धार्मिक उत्सवले एतिवेला पोखराको चर्चा सर्वत्र भईरहेको छ। गुल्मी जिल्लामा भण्डारी कुलमा जन्मनुभएका विजयकृष्ण भण्डारीले आध्यात्मिक जागरणका माध्ययवाट आफ्नो विशिष्टकृत पहिचान सवैका माझ प्रस्तुत गरिरहनु भएको छ,जिवनको अनेक आरोह अवरोह पारगदै आफ्नो सनातन हिन्दुधर्मको सम्वर्द्धन प्रवर्धन गनै दिशामा अहोरात्र तल्लिन भण्डारीको जिवनमा पनि नसोचेका कैयन घटना घटेका छन्। भाविले लेखेको कुरा हरेक मनुष्यले आफ्नो जिवनमा भोग्नु नै पर्छ जानेर होस वा अन्जानले कमजोरी हुन्छ त्यसलाई अनुभव र नमिठो भुल सम्झेर सतमार्ग लाग्ने प्रेरणा भगवानका थोरै भक्तलाई प्राप्त हुन्छ त्यहि कोटीमा विजयकृष्ण देखिदै आउनु भएको छ। उनै विजयकृष्णले गतसाल श्रावणमा पशुपति क्षेत्रमा ऐतिहासिक कोटिहोम सहितको भव्य धार्मिक महोत्सव गरेर आफुलाई अव्वल सावित गरेका थिए,हुनत त्यस अघिपनि देशका विभिन्न भागमा विशाल धार्मिक अनुष्ठानको आयोजना गरिसकेका छन्। बिजय भण्डारीवाट विजयकृष्ण मूत्ती हुदै यज्ञाचार्य शिरोमणी विजयकृष्ण महाराजश्रीका नामवाट स्वदेशमा मात्र नभएर विश्वभरका सनातनीहरुका माझ परिचित छन उनका बारेमा नकारात्मक टिका टिप्पणी गर्नेहरुको पनि कमि छैनन तर ती सवै प्रकारको टिका टिप्पणीलाई आत्मसाथ गदै दृढ लक्ष्य बोकेर विजयकृष्ण अगाडी बढ्दै छन्। उनै विजयकृष्णले काठमाण्डौं पछि पोखराको विरौटामा सच्चाईका नाममा ईसाई आंतकको साम्राज्य देशव्यापी बनाईरहेको संस्थाको उद्गगमस्थलमै पोखराको ईतिहासमा सवैभन्दा ठुलो कोटिहोम र साथमा विश्वविख्यात कथा वाचक/वाचिकावाट कथापुराणका साथमा विश्वचर्चित सनातन हिन्दुधर्म संस्कृतिका साधुसन्त गुरुहरुको उपस्थितिले पोखरा भ्रमण बर्ष-२०२५ ले सफलताको शिखर चुम्दैछ। हुनत पोखरामा कोटिहोम गर्न लाग्दा होलिवाइनवाट मातिएका कार्यकर्ताले अवरोध पैदा गदै आक्रमण गरेका थिए ,तर पोखराका धार्मिक अगुवाहरु विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खराल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति गण्डकी प्रदेश अध्यक्ष युवक लामिछाने लगाएतकाहरुको सक्रियताले होलिवाईन र सच्चाईका मतियारले गर्न खोजिएको अवरोध असफल बनाइएको थियो। सवै प्रकारका तत्वको अवरोध छिचोल्दै ऐतिहासिक शतकुण्डलिय गण्डकी कोटीहोम गरेर सनातन हिन्दुधर्म, संस्कृति ,संस्कार र परम्पराको संरक्षण गर्ने दिशामा इतिहास बनाउन सफल बनेका छन् विजयकृष्ण महाराजश्रीवाट उनले पोखरामा धार्मिक अनुष्ठान सहितको कोटिहोम गर्दा आय-व्यय कसरी र कुन श्रोतवाट गदैछन भनेर प्रश्न उठाउनेको पनि कमि छैन मनमा दृढ उद्देश्य र लक्ष्यका साथ कर्मशिल मन बोकेर हिडे्पछि हरेक कठिन काम किन नहोस त्यो सामान्य ढंगवाट समाधान हुनुनै हिन्दुधर्मको महानता हो। आफुलाई जस्तोसुकै परिस्थिति संगपनि सम्झोता गर्नपरे पनि पछाडी नपर्ने आफ्नो लक्ष्य र उद्देश्य पुरा गर्ने दृढ आत्माविश्ववासी विजयकृष्णको मात्र गण्डकी कोटीहोम अवश्य पनि होइन,हरेक सनातनीहरुका लागि गण्डकी कोटीहोम सफल बनाउनु परम कर्त्तव्य र दायित्व पनि हो। कतिलाई लाग्छहोला कोटिहोम स्थलमा पुगेपछि दान दिनुपर्छ नत्र प्रवेश गर्न पाइदैन यो भनाईमा कुनै सत्यता छैन हुनेले दान दिन पाईन्छ नहुनेले ऐतिहासिक कोटिहोममा पुगेर दर्शन गर्न आउनुहोस भन्दै विजयकृष्ण महाराजश्रीवाट आव्हान हुदै आईरहेको छ। सकिन्छ सहयोग गरौं सकिन्न आरोप लगाउंदै कोटिहोमको विरोध गरेर सच्चाई नामक इसाई मिसनका लागि मतियार नबनौं विजयकृष्ण महाराजश्रीवाट संकल्पित कोटिहोममा एकपटक अवश्य पुगौं ऐतिहासिक धार्मिक स्थलको स्पर्श गरौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया