Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१४ गते

बारामा गढीमाई पञ्चवर्षीय मेला सुरु, उपराष्ट्रपतिबाट उद्घाटन

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं -उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’को आज शुभारम्भ गर्नुभएको छ ।

गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उहाँले मेला उद्घाटन गरेका उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गर्नुभयो ।

उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्वमन्त्री, पूर्वसांसद्, स्थानीय सुरक्षा अधिकारी, गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारी, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधि तथा उपस्थित श्रद्धालु भक्तजनले स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.