Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १६:२७ गते

पशुपतिमा पहिलो पटक श्रीपशुपतिनाथ महात्म्य सहितको महाअनुष्ठान

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौ/जेठ११- पशुपति क्षेत्रको ईतिहासमा पहिलोपटक ऐतिहासिक श्रीपशुपतीनाथ महात्म्यका साथ शिव महापुराण, श्रीमद्भभगवत महापुराण, श्रीमद् देवीभागवत, नेपाल महात्म्य कथा एकसाथ आयोजना हुने विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले जनाएको छ।                                                                                                                    आउॅंदो २०८२ साउन१ गतेदेखि ३१गतेसम्म पशुपति क्षेत्रको भुवनेश्वरी नासलचोकमा हुने महाअनुष्ठानको लागि तयारी हुदै गरेको संघका सचिव भटृराई कुलका धनवन्तरी गुरु विश्वनाथ भटृराईका अनुसार अन्तर्राष्ट्रीय कथाव्यास राजा ज्ञानेन्द्रवाट वैदिक सनातन व्यासाचार्य पदवीवाट विभूषित किशोर कुमार गौतम, नेपाली नारी जगतकी प्रथम श्रीमद्भागवत कथा व्यास श्रीकृष्ण प्रणामी सम्पदायका जगतगुरु अनन्त विभूषित आर्चाय श्रीकृष्णमणी महाराजश्रीवाट श्री १०८ पदवाट विभूषित साध्वी तारा माताजी, राष्ट्रीय चर्चित युवा कथावाचिका योगमाया सखी जेरी,चर्चित युवा कथावाचकद्धय पं.टिका सुवेदी,पं.नेत्रप्रसाद पराजुली,विश्वकी कान्छी भागवत कथा बाचिका सुश्री अनुराधा पाण्डे , कथावाचिका सुनिता माताश्री लगाएतवाट दिव्य कथा प्रवचन हुदैछ।                                                                                                                    सचिव भटृराईका अनुसार भारतको प्रयागराजदेखि नेपाल भित्रका सयौं तिर्थस्थलवाट संकलित जल र बेलपत्र भगवान श्रीपशुपतीनाथलाई चढाउने व्यवस्था,श्री १००८ शालिग्राम भगवानको पुजन तथा दर्शन,प्रार्थिव शिवलिङ्ग निमार्ण पुजन,झण्डै २० फिट अग्लो रूद्राक्षवाट शिवलिङ्ग निमार्ण,तुलादान समेतका धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको जानकारी दिए।                                                  अनेक दान-एक समान कथा र पुराणमा दान र द्रव्य भन्दा भाव चढाऔं अहिले नगरे कहिले गर्ने हामी युवाले सुरु नगरे कस्ले सुरु गर्ने भन्दै अनुष्ठान गर्न लागिएको बताइन्छ सो धार्मिक अनुष्ठानमा भजन किर्तन झांकी प्रर्दशनका साथमा परम्परागत धामी झांक्री प्रद्धतिवाट उपचार नि: शुल्क रुपमा गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.