Hindu Online Tv

२०८२ मंसिर ९ मंगलवार ०८:०९ गते

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

हिन्दु अनलाईन टिभी,
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ ।

किंग्स सिटीमा रहेको मफ्ले लेआफ नर्थ वेस्ट ग्रोउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।

नेपालले आजको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले तेस्रो नम्बरमा भीम सार्कीलाई मौका दिदा अनिल शाहलाई बेन्चमा राखेको छ । अन्य टी२० विश्वकपमा रहेका खेलाडीलाई नै नेपालले निरन्तरता दिएको छ ।

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.