Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१३ गते

पशुपतिमा वृक्षारोपणको करौडौं खर्च विरुवा कता हरायो?

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
६ मिनेट पढ्ने समय

काठमाण्डौ/जेठ ५- संसारभरका सनातन हिन्दुहरुका आराध्यदेव भगवान श्रीपशुपतीनाथ बिराजित पावन भूमि पाशुपत क्षेत्रको विकास एवं सम्बर्द्धन गर्न स्वर्गवासी राजा वीरेन्द्रवाट स्वर्गवासी रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको अध्यक्षतामा सरकारका संस्कृति मन्त्री उपाध्यक्ष रहने गरी गठन गरिएको पशुपति क्षेत्र विकास कोष हिजोआज कुशलता र सक्षमता भन्दाबढि भ्रष्टाचार रअनियमितताको जालोमा चुलुम्म डुबिरहेको छ।                                                                                                     एकपछि अक्रो अनियमितता गरेको अभियोगमा कोषका पदाधिकारीदेखि वरिष्ठ कर्मचारी र कनिष्ठ कर्मचारीहरु दिनहुॅं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान गर्न पुगेपनि त्यसलाई नजर अन्दाज गदै विभिन्न असुली धन्दा सञ्चालन गर्न कंहि कतैवाट कमि आउंन सकेको भने देखिदैन।                                                                       चलाखी दिमाग लगाएर भ्रष्टाचार कसरी गर्न सकिन्छ भनेर सायद संघिय सरकारदेखि प्रदेश र स्थानिय सरकार र त्यस मातहतका निकायहरुलाई पुरस्कृत गर्ने घोषणा गरिए विकास कोष सर्वश्रेष्ठ हुनेमा कसैमा दुईमत नहोला भगवान श्रीपशुपतीनाथलाई सम्झेर कामकाज गर्नुपर्ने निकायमा रहेका व्यक्तिहरुको आलिसन महलको कथा बेग्लै छ।                                                                     नैतिक आचरण हेर्न धर्मभन्दा अक्रो कुनै उत्तम माध्यम अरु कुनै सक्दैन भनेर रातदिन प्रवचन गर्नुहुने सन्तमहन्तको भनाईका नाखै मूनि सिनो झै एकपछि अक्रो कर्तुतमा मुछिएर कोषका भ्रष्ट व्वासाॅंहरु गनाईरहेको देख्दा सायद भगवान श्रीपशुपतीनाथ नै अन्यौलमा परेका होलान।                                                                           सवैका कल्याण गर्ने  भोलेनाथ  आफैलाई  अन्याय गर्नेहरु देख्दा के गदै होलान,खाने भात नै हो,जाने आर्यघाट नै हो भन्ने हाम्रा पूर्वजहरुको सायद पशुपति लुछन पल्केकाहरुले झुठ सावित गदैछन भन्छन भक्तजनहरु एतिवेला अख्तियारले विधुतिय शवदाह मेशिन खरिद प्रकरण र मेला बजार सञ्चालनको अनियमितताका बारेमा अनुसन्धान सकेर अन्तिम चरणमा पुगिसकेको सुत्रले जनाएको छ।                                                                                           महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले स्पष्ट रुपमा कमजोरी देखाएको प्लिजिङ् लाईट प्रकरण जस्तै शवदाह मेशिन प्रकरण र तोकिएको दिनभन्दा बढि समय मेला सञ्चालन गर्न दिएर अनियमितता गरेको काण्डहरुपनि सामसुम हुन्छ भन्दैछन भन्ने चर्चा सर्वत्र व्याप्त छ।                                                                                      पदाधिकारीलाई देखाएर लुट्न पल्लेका हुन भन्नैहरुको पनि कुनै कमि छैन,गतसाल एक भक्त एक वृक्षको नारा खुवै लगाउॅंदै भव्य तामझाम सहित प्रारम्भ गरिएको वृक्षारोपणमा करौडौ रूपैया सकिएपनि प्रगति केवल गोजी र झोलामा बाहेक कहि कतै देखिदैन,७० हजार बिरुवा विवादित समाजसेवी नक्कली प्रा.डा.जगदिश बैधवाट प्राप्त भयो भन्दै तिनै विवादित व्यक्तिलाई तत्कालिन कार्यकारी निदैशक डा.घनश्याम खतिवडाले पत्र लेख्दै धन्यवाद लेखेको बाहेक अरु देखिदैन।                                                                              हजारौं बिरुवा वृक्षारोपण गरेको भनिएपनि” खै विरुवा बगरमा गयो” खै बगर खोलाले बगायो”खै बिरुवा डाॅंडामा लगाईयो बादॅंरले स्वाह गरयो भन्दै प्रतिउत्तर देलान सायद कोषका जिम्मेवार भनिएका कर्मचारी एवं तत्कालिन पदाधिकारीले के यस्तो जवाफ दिदैमा उन्मुक्ती पाईन्छ होला भन्ने सोच बोकेका छन त्यो भ्रम सिवाय अरु होईन भन्दैछन जानकारहरु हालैका दिनमा अख्तियारले उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह अध्यक्ष रहेको बाल मन्दिर जग्गा प्रकरण,सांसद मोहनबहादुर बस्नेत संलग्न टेरामक्स प्रकरणको मुद्धा विशेष अदालतमा पेश गरेर आयोगको निष्पक्षतामा अव्वल सावित गरेको छ।                                                                                                   अख्तियार सुत्रका अनुसार पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल मुछिएको काभ्रेको पनौतीमा पतञ्जली जग्गा प्रकरण र पशुपति क्षेत्र विकास कोषको बिधुतिय शवदाह मेशिन खरिद प्रकरण र महाशिवरात्री मेला बजार सञ्चालन अनियमितता प्रकरणको अनुसन्धान सकेर मुद्दा चलाउनु पर्ने निष्कर्ष निकाले बताईदै छ।                                                                    तर यहि मेसोमा कोषले गरेको वृक्षारोपण प्रकरण माथि पनि आयोगले छानविन अनुसन्धान अगाडी बढाउंदै गईरहेको बुझिदैछ सुत्रका अनुसार कोषले करौडौ रूपैया सकेर बागमती नदी किनारमा लगाईएका केहि थान विरुवापनि नदि सिधा बनाउने क्रममा स्वाह भएको छ,नदि सिधा बनाउने कार्यमा पनि रामै लेन-देनको आशंका त्यसवेला निकै चर्चित बनेको थियो।                                                             उच्चस्तरीय बागमती सभ्यता कार्यालयको डोजर, महानगरपालिकाको इन्धन हालेर काम गरेपनि पचासौं लाख खर्च भन्दै चर्चा नचलेको भने होईन यसवारेमा पनि अहिले आयोगले थालेको वृक्षारोपण प्रकरण अनुसन्धानमा जोडेर हेर्नुपर्ने आवाज उठिरहेको छ‌ आयोगले अनुसन्धानका क्रममा कोषवाट डकुमेन्ट लिने काम सकेर वृक्षारोपणमा संलग्नहरु संग बयान लिने प्रकिया प्रारम्भ गदैछ भन्नै सुत्रको दावी छ,जे होस पशुपतिनाथ देखाएर कथित धार्मिक बन्दै पशुपतिनाथ लुछन पल्केकाहरुलाई अख्तियारको पासो लगामा लागोस हाम्रो पनि यहि कामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.