Hindu Online Tv

२०८२ मंसिर ९ मंगलवार ०८:१० गते

नेपाल प्रिमियर लिग एनपीएल : पोखराले काठमाडौंलाई दियो १३९ रनको लक्ष्य

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -नेपाल प्रिमियर लिग )एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनको लक्ष्य प्रस्तुत गरेको हो।

पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाएका थिए। त्यस्तै दिनेश खरेलले ३८ रन बनाए । सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे । दिलिपनाथले २७ रन बनाएर आउट भए । कप्तान कुशल भुर्तेलले ७ रन मात्र बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान तीन र तीन विकेट लिए । यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफमा पुग्न कोशिस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.