Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१० गते

नेपालको मूल समस्या सरकारको अस्थिरता होइन : माधव नेपाल

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको मूल समस्या सरकारको अस्थिरता नभएको बताउन् भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा नेपालले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभई काम गरेर देखाएको जिकिर दाबी गर्नु भयो ।

उहाँले नौ महिनाको सरकारले देशमा तरंग पैदा गरेको बताउनु भयो । उहाँले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताउनु भयो ।

काम गर्नेका लागि नौ महिना नै काफी हुने बताउदै उहाँले मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन सुरु गरेको दाबी बताउनु भयो । अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरे। मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.