उद्योगमा विद्युत जोड्ने प्राधिकरणको निर्णय
काठमाडौं -नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले डेडिकेटेड विवादमा परेर बिजुली काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । आज बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
यसअघि आइतवारको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्राधिकरणको बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया