Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १९:३१ गते

पशुपति गौशालाको बन्द भण्डारखाल जंगल पर्सी मंगलवारवाट खुल्दै

हिन्दु अनलाईन टिभी
९ महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौं/असोज २६ गते- लामो समयदेखि सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको पशुपति क्षेत्र विकास कोष मातहत रहेको ऐतिहासिक गौशाला भण्डारखाल जंगल पर्सी असोज २८ गते मंगलवारवाट सर्वसाधारणका लागि हरेक दिन बिहान ५ बजेदेखि १० बजेसम्म र साॅंझ ४ बजेदेखि ६ बजेसम्म खोल्ने प्रतिवद्धता कोषका कार्यकारी निदैशक निमित्त सदस्य सचिव सुवास चन्द्र जोशीले दिएको जानकारी समाजसेवी प्रेम क्षेत्रीले हिन्दु अनलाइनलाई दिएका छन्।                                              बन्द रहेको जंगल खुलाउन आज दर्ता नं. ५६५ मार्फत भण्डारखाल खोली दिने बारे भन्दै कामपा वडा नं. ८ का वडा अध्यक्ष आशामान संगत र समाजसेवी प्रेम क्षेत्रीको नेतृत्वमा निवेदकहरु प्रेम क्षेत्री, नेकपा एमाले वडा नं.८ अध्यक्ष रमेश सिंह डंगोल,रामशरण पराजुली, नेकपा एमाले काठमाण्डौं जिल्ला कमिटी सदस्य जलद बैध, हरिशरण राजभण्डारी,बिनोद शाही,सोम लामा,प्रवेश मगैया,महेश मगैया,दिनेशमान राजभण्डारी लगाएत ३६ जनाको सामुहिक ज्ञापन पत्र सहितको एक प्रतिनिधिमण्डल कोष पुगेको थियो उक्त अवसरमा कोषका निमित्त सदस्य सचिव जोशीले भोलि सोमवार सरोकार वडा अध्यक्षहरु सहितको बैठक बसेर मंगलवार खोल्ने प्रतिवद्धता दिएका छन्।                                                                                  स्मरण रहोस वडा नं. ७ अन्तर्गत रहेको सिफल स्थित पनिको टोलमा बाॅंदरले दुःख दिएको भन्दै सोही वडाका अध्यक्ष सहितको अग्रसरतामा ७,८ र ९ का जनप्रतिनिधि सहितले भण्डारखाल जंगलमा सर्वसाधारणलाई प्रवेश निषेध गराउन  दवावका साथमा उच्च अदालत पाटनको आदेश पछि तत्कालीन कोष नेतृत्वले बन्द गरिएको एक सदस्यले बताए।                                                                          भण्डारखाल जंगल खोल्न स्थानिय बासिन्दाहरुवाट माग गरिएको सन्दर्भमा आफु सकारत्मक रहेको तर पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णय,स्थानिय वडाहरुको माग एवं सम्मानित उच्च अदालत पाटनको आदेश समेत रहेको सरोकार वडा कार्यालयहरुको भोलि सोमवार बैठक बसी निर्णय लिने बताएका छन् जंगल बन्द गराउने निर्णय पुस्तिकामा भने कामपा वडा नं. ८ का वडा अध्यक्ष आशामान संगतको दस्तखत नरहेको सुत्रले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.