पशुपतिको वृक्षारोपण प्रकरण कता हरायो ?
काठमाण्डौं/असार १९- सनातन हिन्दुहरुका आराध्यदेव भगवान श्रीपशुपतीनाथको विकास एवं संरक्षण गर्न गठित पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा बिभिन्न समयमा वृक्षारोपणका नाममा करौड रुपैया खर्च गरिए तथ्याङ्कमा देखाइए पनि यर्थाथ भने फरक देखिएको छ। कोषमा नियुक्त भएर आएका पदाधिकारी एवं कोषका उच्च अधिकारीले भगवान श्रीपशुपतीनाथको सेवा भन्दापनि आफ्नो दुनो सोझाउने गरेका घटनाहरु यस अघिका विभिन्न घोटका काण्डहरुवाट उदाङ्गो भईसकेको छ,धर्मले नैतिक आचरण सिकाउंछ अधर्म गर्नु पाप हो भन्ने गरिएपनि कोषका पदाधिकारी,सदस्य एवं उच्च अधिकारीको रबैया र भ्रष्ट नितिले गलत सावित हुदैछ। हुनत मरेर आर्यघाट पुगेका लाशको कात्रोमा पनि घोटला गर्नेदेखि शव अन्त्येष्टी शवदाह गर्ने मेशिनमा समेत कमिशन खाने व्वासाहरुलाई धर्म,अधर्म र नैतिक आचरणको पाठ सम्झाउनु खै केलाई के सुनाउनु सरह हो तथापी पशुपति क्षेत्र विकास कोषमा घटेका अनैतिक कामकाजको विषयमा यो पक्तिकारले कलम चलाउने क्रममा अक्रो अनियमितताका बारेमा केहि बस्तुनिष्ठ यर्थाथ राख्ने प्रयास गरिदैछ। श्री पशुपतिनाथ सरोकार समाज सहित २१ जनाले हस्ताक्षर गरेर पशुपति क्षेत्रमा वृक्षारोपण गर्ने नाममा झण्डै ११ करोड,३३ लाख,६१ हजार,४ चारसय ३५ रूपैया खर्च गरिएपनि ५ दर्जन पनि बिरुवा संरक्षण हुन नसकेको भन्दै यतिवेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ आयोगले उजुरीका कारण कोषवाट वृक्षारोपण संग सम्वन्धित कागजातहरु आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गदै गरेको सुत्रले बताएको छ। कहि नभएको जात्रा बन्दै गरेको पशुपति क्षेत्र विकास कोषले प्रचलित ऐन,कानुनलाई धज्जी उडाउदै अघि बढी रहेको यर्थाथ सवैका माझ छलङ्ग छ एकपछि अक्रो भ्रष्टाचारका मुद्धाहरु अख्तियारले विशेष अदालतमा दायर गरेवाट नै आस्थाको केन्द्र माथि व्वासाहरुको नङ्गराले लुछिरहेको घाम झै स्पष्ट छ। वृक्षारोपणका लागि हजारौं टि-गार्ड बनाएको कथित बिल भरपाई,लाखौं बिरुवा वृक्षारोपण गरेको कथित पत्र देखाएर लुट्न पल्लेकाहरुको कर्तुत अव छिटै खुल्ने क्रममा रहेको सुत्रको दावी छ,हुनत कोषका कोषका एकजना वरिष्ठ सहायकले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिधुतिय शवदाह मेशिन खरिद प्रकरणमा अनुसन्धान सकेर बिशेष अदालतमा मुद्धा दायर गर्नु अगाडी आफ्नो नाम हटाउन घर बन्धकी राखेर कसैलाई नजराना चढाईको कारण उनका विरुद्ध मुद्बा चलेन भन्ने पनि हल्ला चलाईएको छ यस बारेको यर्थाथ समय संगै पक्कैपनि खुल्नेछ। हरेक कामकाजमा अनियमितता गदै सुमेरु पर्वत बनाउन दिशामा अगाडी बढ्दै गरेको नेपालमा सरकारको पूर्ण स्वामित्वमा रहेको पशुपति क्षेत्र विकास कोष होंकी ? बिनासकारी कोष हो अव यसवारेमा गम्भिर हुन पन्ने पो होकि ? वृक्षारोपणका अनेकौं प्रमाणहरु राज्यका अङ्गहरुलाई चाहेको बखत पक्तिकार दिने बाचाका साति सुरक्षित राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया