Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:१० गते

पाकिस्तानमा गुडिरहेका सवारीसाधनमा बन्दुकधारीहरुको आक्रमण, ४२ जनाको मृत्यु

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

एजेन्सी -पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ।

बन्दुकधारीको आक्रमणबाट ४२ जनाको ज्यान गएको र थप १६ जना गम्भीर घाइते भएको पाकिस्तानको समाचार संस्था जीओ न्यूजले जनाएको छ।

अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ।

प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गर्दै आतंककारीलाई कानूनी कठघरामा उभ्याउने बाचा गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.