Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:१० गते

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने प्रधानमन्त्रीको घोषणा

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नु भएको छ ।

सातौँ सामाजिक सुरक्षा दिगर्नुवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र १ लाख रुपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा गर्नु भयो ।

प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताउनु भयो ।

त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार समेत प्रदान गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.