Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०५ गते

बाला चतुर्दशीमा विश्व हिन्दु युवासंघले ग-यो बस्न र बत्ति बाल्न निशुल्क

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय


काठमाडौं- बाला चतुर्दशीको दिन विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति, नेपाली सेनाको राष्ट्रीय सेवा दल एल्मुनाईन एसोसिएशन नेपाल एनसीसीले पशुपति क्षेत्रमा महादिप प्रज्वलन गर्नका लागि आएका भक्तजनहरुलाई सेवा शिविर सञ्चालन गरी सयौं भक्तजनलाई निशुल्क बस्न र बत्ति बाल्न अवसर प्रदान गरेको हो ।

बत्ति बाल्न दुईवटा ६०र४० साईजको पाल व्यवस्था र रातभर विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समितिको तर्फवाट निशुल्क चिया वितरण गरेको छ ।

समितिले १८३ जना स्वयंसेवक परिचालन,गरेको थियो । हराएका दुई मोवाईल भेटेर प्रहरीलाई जिम्मा लगाएको छ ,भने ७१ वर्षकी जानुका सिंह नेपालीलाई उद्धार गरी रेडक्रस मार्फत अस्पताल पुराउने देखि मन्दिर पश्चिम ढोका अगाडि लडिरहका काठमाडौं गोठाटार शिव मन्दिर बस्ने  बर्ष ६८ की सानुदेवी पुडासैनी उद्धार गरेको छ ।

पशुपति क्षेत्रमा मदिरा निषेध गरिएको सुचना दिदा पनि सुचनालाई अटेर गरी बिक्री गर्दै गरेको झण्डै १२५ लिटर मदिरा बरामद गरी नष्ट गरेको समितिले जनाएको छ । कार्यक्रममा सत्यसाई विद्यालयको स्काउटको समेत सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.