बालकुमारीमा मध्यरातमा आगलागी, फार्मेसी र जुम्बा सेन्टरमा क्षति
काठामाडौं -बालकुमारीस्थित एक घरमा मध्यरातमा विद्युत् सट भई आगलागी हुँदा चार पसल जलेर नष्ट भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सट भएर आगलागी भएको हो।
आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको फार्मेसी जलेर नष्ट भएको प्रहरीले जवनाएको छ ।
यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ। पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया