स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
काठमाडौं -अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनु भएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किनु भएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नु भयो ।
शुक्रबार बिहान भारतको नयाँदिल्ली हुँदै काठमाडौं आउनु भएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभयो ।
भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौंलाई ट्रान्जिट बनाएर यहाँ ५ घण्टा बसेपछि फिर्ता हुनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया