Hindu Online Tv

२०८३ जेष्ठ २३ शनिबार ०३:०६ गते

अपडेट: झाँक्री प्रकाश भुजेलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं-झाँक्री प्रकाश भुजेलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुधबार दिउँसो थली साँखु सडकअन्तर्गत इन्द्रेणीचोक नजिक भुजेलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमानश्रीमती गम्भीर घाइते भएका प्रहरी प्रभाग साँँखुले जनाएको छ।

घाइते हुनेमा आलकोटका नारायण नगरकोटी र सानुमाया नगरकोटी रहेका छन्। उनीहरुको संखारापुर अस्पताल नारायनटारमा उपचार भइरहेको छ। प्रहरी प्रभाग साँँखुका अनुसार थलीबाट साँखु जाँदै गरेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो।

यद्यपी प्रहरीले चालक फरार र परिचय नखुलेको जनाएको छ। तर घटनाका प्रत्यक्षदर्शीले उक्त गाडी भुजेलको रहेको बताएका छन् । गाडी भुजेलका ड्राइभरले चलाएका थिए भने भुजेल गाडीमा थिए। दुर्घटनापछि दुबै जना फरार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.