Hindu Online Tv

२०८२ मंसिर ९ मंगलवार ०८:१० गते

पाल प्रिमियर लिग एनपीएल:सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाए । लुम्बिनीका रमोन सिमोन्ड्सले २ विकेट लिएका थिए । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ ।

चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । एनपीएलमा आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले भिड्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.