Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १७:४९ गते

सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं -सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा त्यसमा च्यापिएका थिए।

घटनालगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.